तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लोकप्रीय मेसेजिङ एप ह्वाट्सएपले नयाँ फिचर थप गर्दैछ । जसअनुसार ह्वाट्सएपमा आदानप्रदान भएका मेसेजहरु ७ दिनभित्र आफैं हराउनेछन् ।

ह्वाट्सएपले थप गर्न लागेको disappearing message नामक फिचरले च्याटहरु एक हप्तापछि प्रापक र प्रेषक दुवैको फोनबाट स्वतः हटाइदिनेछ ।

विश्वभर २ अर्ब प्रयोगकर्ता रहेको ह्वाट्सएपले प्रयोगकर्ताहरुका च्याटको गोपनियतामा वृद्धि गर्नका लागि यो नयाँ फिचर ल्याउन लागेको बताएको छ ।

यद्यपि आफूले सुरक्षित राख्न चाहेका ह्वाट्सएप मेसेजहरु प्रयोगकर्ताले स्क्रिनसट लिएर, फोटो, भिडियो वा डकुमेनटहरु डाउनलोड गरेर तथा अरुलाई फरवार्ड गरेरसमेत सुरक्षित राख्न सक्नेछन् ।

नोभेम्बर महिनाको अन्त्यबाट उक्त नयाँ फिचर ह्वाट्सएपमा उपलब्ध हुने बताइएको छ ।

एक ब्लगपोस्टमा ह्वाट्सएपले सात दिनमा मेसेज आफै हराउने गरी सेटिङ गर्न सकिने बताउँदै ह्वाट्सएपका च्याटिङ स्थायी नहुने तथा विगतमा के विषयमा कुरा गरिएको थियो भन्ने कुरा पनि नभुल्ने गरी नयाँ फिचर ल्याउन लागिएको जनाएको छ ।

ह्वाट्सएपको मातृ कम्पनी फेसबुकका सीईओ मार्क जुकरबर्गले गत वर्षको अपि्रलमै प्रयोगकर्ताको गोपनियतालाई सुदृढ बनाउनका लागि सोसल नेटवर्कमा विविध परिवर्तनहरु गरिने प्रतिबद्धता जनाएका थिए ।

त्यसमध्ये एउटा परिवर्तन चाहीँ निश्चित समयभित्र च्याटहरु आफै हराउने फिचर थप गर्नु थियो ।

साथै फेसबुकले आफ्ना तीनवटा मेसेजिङ प्लाटर्फमहरु ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जरलाई एकीकरण गरी एक प्लाटर्फमबाट अर्कोमा सन्देश आदान प्रदान गर्न सकिने बनाउँदैछ ।

स्मरण रहोस् मेसेजिङ एप स्नापच्याटमा मेसेजहरु आफैं हराउने फिचर उपलब्ध छ ।

 

बीबीसी

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …