तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने भएको हो ।

नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका प्रमुख नवविनोद पोख्रेलले पश्चिम नेपालकै नमुनाका रूपमा निगमको आफ्नै ११ कठ्ठा जग्गामा आधुनिक पम्प निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले सो अत्याधुनिक पेट्रोल पम्पमा तेल भर्नका लागि अत्याधुनिक डिस्पेन्सिङ जडान हुने र सवारी चालकले सवारी साधनमा इन्धन भर्ने क्रममा सवारी धनीलाई जालझेल गरेर ठग्न नपाउने बताउनुभयो ।

प्रमुख पोख्रेलका अनुसार सवारी धनीको मोबाइल नम्बरमा सवारी साधनको नम्बरसहितको सन्देश इन्धन भर्नेबित्तिकै सवारी धनीको मोबाइलमा पुग्ने हुँदा चालकले सवारी धनीलाई जालझेल र ठगी गर्न पाउने छैनन् ।

अत्याधुनिक पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कसप, कफीसप र अत्याधुनिक शौचालय निर्माण गरिने छ । पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनामा अत्याधुनिक एसी जडान गरी वातानुकूलित बनाइने पनि डिपो कार्यालय नेपालगञ्जले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …