तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ ।

नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययन समेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा ‘वान एमएल’ र ‘थ्री एमएल’का भिटिएम पद्धति हुन्छ । हाल नेपालमा ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन हुँदै आएको छ । थ्री एमएलभन्दा वान एमएल आफैँमा कम गुणस्तरको हो ।

सेनाले ल्याएको किट ‘वान एमएल’ भिटिएममा मात्र प्रयोग हुन्छ । ‘गुणस्तर मात्र होइन, सेनाले ल्याएको यो किट प्रयोग गर्ने पद्धति हामीसँग मिल्दैन,’ जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा भन्छिन् ।

दुई महिनाअघि चीनको तिब्बत सरकारले ३० हजार किट अनुदानमा दिएको थियो । तर, ती किट ‘वान एमएल’ पद्धतिको भएकाले प्रयोग नगरी गोदाममा राखिएको छ ।

‘चीन सरकारले सहयोग गरेको ३० हजार किट पनि यही कम्पनीको हो । त्यसवेला हामीले पिसिआर किट प्रयोग ग¥यौँ, तर एक्स्ट्र्याक्सन किट प्रयोग गरेनौँ । किनकि त्यो एक्स्ट्र्याक्सन किट हामीले प्रयोग गरिरहेको भिटिएमका लागि उपयुक्त भएन,’ डा.झा भन्छिन्, ‘ एक्स्ट्र्याक्सन किट र भिटिएम फरकफरक कम्पनीको हुँदा परीक्षणको नतिजा गलत आउने समस्या भयो । त्यसैले चीन सरकारले दिएको किटबाट पनि हामीले परीक्षण रोकेका हौँ । तर, सेनाले फेरि त्यही किट ल्यायो, त्यसैले समस्या भयो।’

स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले ल्याएको किट सानस्योर बायोटेक कम्पनीको हो । उक्त किटका लागि सोही कम्पनीको मात्र भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम( प्रयोग हुन्छ।

‘सेनाले ल्याएको किटले सोही कम्पनीको भिटिएममा मात्र सपोर्ट गर्छ, अरू भिटिएममा प्रयोग गर्दा गलत रिपोर्ट दिन्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी भन्छन्, ‘देशमा हाल थरिथरिका भिटिएम प्रयोग भएका छन् । तर, सेनाले ल्याएको किट अरू कुनै पनि भिटिएममा प्रयोग गर्न मिल्दैन ।’

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने सेनाले खरिद गरेको किट प्रयोगमा आएन भन्ने सुन्दा दुःख लागेको प्रतिक्रिया दिएका छन्।

‘हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अनुरोधमा किट खरिद गरेका हौँ । तर, अहिले प्रयोगमा आएन भन्ने जवाफले सबैलाई दुःखी बनाएको छ,’ उनले भने, ‘स्पेसिफिकेसनमा मागेको भन्दा फरक किट आएको भए सुरुमा स्वास्थ्यले हामीलाई भन्नुपथ्र्यो । त्यस्तो अवस्थामा हामीले त्यसलाई तत्काल फिर्ता गरेर सबैमा मिल्ने मगाउने थियौँ।’

सेनाले के–के सामग्री चाहिन्छ भनेर सोधे पनि ‘स्पेसिफिकेसन’बारे छलफल नभएकाले अहिले समस्या आएको डा.झाको भनाइ आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …