सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित कार्यक्रममा नगद रु पाँच हजार राशिसहित ‘आजको वातावरण’ दैनिकका सम्पादक प्रकाशकसमेत रहनुभएका झालाई सम्मानपत्र प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित पूर्वअध्यक्ष शिवहरिप्रसाद भट्टराई, विष्णु मण्डल, व्यासशङ्कर उपाध्याय र धीरेन्द्रप्रसाद साहले संयुक्तरूपमा पुरस्कार राशि तथा सम्मानपत्र प्रदान गर्नुभयो ।
स्मृति कोषका संस्थापक एवं नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष शिवहरिप्रसाद भट्टराईद्वारा स्व पिता मुक्तिनाथ भट्टराई र माता लक्ष्मी भट्टराईको स्मृतिमा तीन वर्षअघि पुरस्कार स्थापना गरिएको हो । राजविराजमा ०७५ पुस २६ गते एक कार्यक्रममा भट्टराईले स्व बुवाआमाको स्मृतिमा रु पाँच हजार राशिको पुरस्कारको घोषणा गर्नुभएको थियो । दुई वर्षअघि यो पुरस्कार नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष व्यासशङ्कर उपाध्यायलाई प्रदान गरिएको थियो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …