तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमीकहरुको सम्मान आजको आवश्यकता रहेको बताएका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सूदुरपश्चिम प्रदेश विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र सहरमा जनसङ्ख्याको चाप बढ्ने अवस्थाको अन्त्य नहुने साथै नेपालमा श्रमको सम्मान नहुँदा लाखौँ युवा विदेशिन बाध्य रहेको बताए ।

महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिम प्रदेश विकासको गतिमा अगाडि बढ्न नसकेको र गाउँका जनतालाई रोजगारी र गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु अहिलेको मुख्य आवश्यकता रहेको नेता पौडेलले बताए ।

बन्दाबन्दी खुकुलो हुन थालेपछि पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …