तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष महेश कुमार श्रेष्ठ, र कृष्ण जेबी पन्तलाई एनआरएनए एनसीसी मलेसिया र नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियाको अन्तर्राष्ट्रिय इन्टरनेशनल एयरपोर्टमा भब्य स्वागत गरेका छ ।

श्रेष्ठ र पन्त गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन यहीँ महिना अक्टोबर १७ तारिखदेखि हुने भए पछि एनआरएनए एनसीसी मलेसिया संघ भेेटघाट तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन बारेमा छलफल गर्न मलेसिया आज आएका हुन् ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद (एनआरएनए) का उपाध्यक्ष महेश कुमार श्रेष्ठर र कृष्ण जेबी पन्तलाई एनआरएनए एनसीसी मलेसियाको तर्फबाट एनआर्एनए मलेसियाका अध्यक्ष बिनोद थापा, एनआरएनए आसीसीका सचिव खगेन्द्र न्यौपाने त्यसैगरी संघका उपाध्यक्ष हेमराज साप्कोटा, र सचिव बिष्णु प्रसाद बरालको उपस्थित रहौको थियो ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति मलेसियाको तर्फबाट समितिका अध्यक्ष चोला कान्त पंगेनी, समितिका उपाध्यक्ष कमल प्रसाद गौतम त्यसैगरी समितिका अर्का उपाध्यक्ष टेक बहादुर टमाटर, र समितिका महामन्त्री हरि कोइराला लगायत मिडियाकर्मी इश्वर राई, यज्ञ कुमार राई लगायतले मलेसियाको इन्टरनेशनल एयरपोर्टमा खादा लाएर स्वागत गरेका थिए ।

श्रेष्ठ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी उम्मेदवार हुन्। भने पन्त गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औ महाधिवेशनमा एनआरएनएको सचिव पदका प्रत्याशी उम्मेदवार हुन् ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष महेश कुरा श्रेष्ठ, र कृष्ण जेबी पन्तले यहीँ महिना अक्टोबर १७ देखि हुने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनमा आफ्नो आफ्नो उम्मेदवारी घोषण पनि गरिसकेका छन् ।

श्रेष्ठ, र पन्त, गैर आवासीय नेपाली संघ एनआरएनएको आगामी २०२३-२०२५ को कार्यकालका लागि आफ्नो आफ्नो उम्मेदवारी घोषणा गरे संगै उनीहरु गैर आवासीय अभियानका लागि युरोपियन मुलुक मध्यपर्व हुँदै आज कुवेतदेखि मलेसिया आएका हुन् ।

त्यस्तै आज मध्यान्ह १२ बजे गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) मलेसियाका कार्यसमिति लगायत गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन प्रतिनिधि डेलिगेटहरु संग भेटघाट तथा समसामयिक बिषयमा छलफल गर्ने एनआरएनए मलेसियाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …