तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । एनआरएनए क्यानाडा, हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडा HBFC र NCSBC को सयुक्त आयोजनामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भ्यानकुभर, क्यानडामा स्थापना गरेको फूड बैंकले आज पुन: खाधान्य बितरण गरेको छ।

NRNA क्यानाडा, HBFC र NCSBC को सयुक्त आयोजमा गत २९ जनवरी २०२३ मा स्थापना भएको फूड बैंकले लगातार रुपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्दै आधारभूत खानाहरू जस्तै चामल, दाल, बेसार, तेल, जीरा र नुन लगाएतका खाधान्य सहयोग गर्दै आईरहेको फूड बैंकले आज आईतबार अगस्त २० मा पनि झन्डै ५० जना विद्यार्थीहरूलाई खाधान्य सहयोग गरेको र सस्थाले नव आगन्तुक नेपाली समुदायलाई समस्या परेको समयमा फूड बैंकले जुनसुकै बेला पनि सहयोग गर्दै आईरहेको मन्दिर सन्चालन समितीका अध्यक्ष मधु आचार्यले जानकारी दिए ।


मन्दिर संचालकले फूड बैंक सँगै वेला वखतमा विभिन्न जानकारी मूलक सभा, गोष्ठि, वर्कसप आदि कार्यहरु गर्दै आएको छ । हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडा संस्था क्यानडामा च्यारिटी रजिस्टर्ड संस्था सन् २०१६ मार्चमा स्थापना गरि मन्दिर स्थापना गर्ने जग्गा सहितको भवन किन्ने कार्यमा सबै एकजुटभई सन् २०१८ जूलाईमा मन्दिरको भवन खरिद गरिएको हो ।

समुदायको स्वयंसेवा र दातृहरुको सहयोगमा फूड बैंक साथै मन्दिरको मर्मत सम्भार गरी माथिल्लो तल्लामा मन्दिर र तल्लो तल्लामा विविध कार्यगर्ने हल निर्माण गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …