तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीमा असन्तुष्ट नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न नेकपा (एमाले) ले पार्टीका तीन सदस्यीय संवाद टोली गठन गरेको छ ।

संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय संवाद टोली गठन गरिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । टोलीमा पार्टी सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहनु भएको छ ।

नेता रावलसँग संवादपछि उहाँ सच्चिएर आएमा उचित जिम्मेवारी दिइने एमालेले जनाएको छ ।

यसैबीच पार्टी निर्माणमा आफ्नो जीवन लगानी भएको बताउनुहुँदै नेता रावलले संवादमार्फत समस्या समाधान गर्नमा आफू जहिले तयार रहेको बताउनुभयो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …