• शुक्रबार, फाल्गुण-२६,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

वीवीसी

अमेरिका । अन्तर्राष्ट्रिय समुदायले यस विषयमा ठूलो विरोध नजनाउँदा विश्व थप असुरक्षित हुने दाबी गर्दै ड्रु थम्सनले अन्तर्राष्ट्रिय कानुनको कमजोरी समेत उजागर गरेको बताए।

कतिपय जानकारहरूले यस मामिलामा जनाएको प्रतिक्रिया विश्वको शक्ति राष्ट्र बन्ने प्रयास र त्यसका लागि विश्वास जित्ने चीनको प्रयत्न सुहाउँदो नभएको टिप्पणी गरेका छन्।

चीनले समेत उक्त बलुन मौसम अध्ययनका लागि छोडिएको गैरसैनिक दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने थप प्रमाणहरू सार्वजनिक गर्न सकेको छैन।

बलुन कुन कम्पनीले उडाएको थियो भन्नेजस्ता विवरण बाहिर आएका छैनन्।पारदर्शिताको अभावका कारण मानिसहरूमा थप शङ्का बढेको अनुसन्धानकर्ता चोङ बताउँछन्।यस घटनासँगै बेइजिङले पनि विगतमा अमेरिकाले चीनमा १० वटा जासुसी बलुन उडाएको दाबी गरेको छ।अमेरिकाले अस्वीकार गरेको यस्तो दाबीले मानिसहरूलाई थप दोधार बनाएको चोङ बताउँछन्।

एक अर्काको देशमाथि बलुन उडाउने स्वीकार्य अभ्यास भएको कुरा चीनले बताउन खोजेको हो?” चोङको प्रश्न छ।यस्तो दाबी आफ्नो सार्वभौमसत्तामा कुनै सम्झौता नगर्ने चिनियाँ अडान विपरीत मात्र नभई कुनै पनि आरोपलाई अर्को आरोप लगाएर खण्डन गर्ने शैली भएको थम्सन बताउँछन्।

तर यस मामिलामा अमेरिकाले जनाएको प्रतिक्रियाले चीनको पक्ष लिइरहेकाहरूलाई समेत निराश बनाएको छ।यसै साता उत्तर अमेरिकी क्षेत्रको आकाशबाट खसालिएका तीनवटा अन्य वस्तुहरू विदेशी जासुसी उपकरण नभएको अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन्।

आफ्ना निर्णयको प्रतिरक्षा गर्दै अमेरिकी राष्ट्रपति बाइडनले व्यावसायीक वायुयानहरूको सुरक्षा र संवेदनशील क्षेत्रमा जासुसी गर्न सक्ने भएका कारण ती वस्तुहरूलाई खसालिएको बताएका छन्।बेइजिङस्थित थिङ्क ट्याङ्क सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेनका उपाध्यक्ष भिक्टर गाओ अमेरिकाले “आवश्यकता भन्दा बढी प्रतिक्रिया” जनाएर बलुनहरू खसालेको बताउँछन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …