तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएकोमा आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने भएको हो ।

स्थानीय तह निर्वाचन

आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइसकेको छ । आयोगका अनुसार १ करोड ९४ लाख मतपत्र छाप्न करिब २५ देखि २८ दिन समय लाग्नेछ । काठमाडौंको मतपत्र १७ चैतपछि छपाइ हुनेछ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्नेमा धमाधम छपाइ सुरु गरिएको जानकारी दिए ।

‘मतपत्र छपाइको काम सुरु भएको छ, स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र चाहिन्छ, अहिले जनक शिक्षामार्फत दैनिक साढे ६ देखि ७ लाख मतपत्र छपाइ भइरहेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

१ करोड ९४ लाख मतपत्र आवश्यक

आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ वटै जिल्लामा ७७ वटै प्रकारका मतपत्र छपाइ गर्नेछ । देशभरका स्थानीय तहमा प्रयोग हुने मतपत्रमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको चुनाव चिह्न रहनेछन् । अन्य चिह्न भने जिल्लामा रहेका दल र स्वतन्त्र उम्मेदवारका हुनेछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ हुने जानकारी दिए । उनका अनुसार सबैभन्दा कम १६ लहरका मतपत्र डोल्पा र सबैभन्दा बढी ५६ लहरका मतपत्र काठमाडौैंका लागि छापिनेछ ।

‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछ, सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडौंैको मतपत्र हुनेछ ।’ आयोगका प्रवक्ता पौडेलले सोमबार आयोजित पत्रकारसम्मेलनमा भने ।

मतपत्र छपाइको काम सुरु भएको छ, स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र चाहिन्छ, अहिले जनक शिक्षामार्फत् दैनिक साढे ६ देखि ७ लाख मतपत्र छपाइ भइरहेको छ

दिनेशकुमार थपलिया, प्रमुख निर्वाचन आयुक्त

आयोगले दुर्गम हिमाली जिल्लाका लागि आवश्यक पर्ने मतपत्र पहिले छपाइ गरेर पठाउने नीति बनाएको छ । मतपत्र ढुवानीका लागि समस्या हुने भएकाले दुर्गम र सुगम जिल्ला छुट्याएर आयोगले मतपत्र छपाइ गर्नेछ ।

आयोगले जिल्लामा मतपत्र पठाउँदासमेत मतदाताको संख्याका आधारमा ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र पठाउने तयारी गरेको छ । प्रवक्ता पौडेलका अनुसार दुर्गम जिल्लामा बढी जगेडा र सुगम जिल्लामा कम जगेडा मतपत्र पठाइने बताएका हुन् ।

‘दुर्गम जिल्लामा जगेडा बढी पठाइन्छ, सुगम जिल्लामा कम जगेडा पठाइन्छ, तत्काल मतपत्र अपुग हुँदा ढुवानीमा समस्या नहोस् भनेर यस्तो रणनीति बनाइएको हो,’ आयोगका प्रवक्ता पौडेलले भने ।

कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछ, सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडांैैको मतपत्र हुनेछ

शालिग्राम शर्मा पौडेल, प्रवक्ता, निर्वाचन आयोग

आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ स्वीकृत भई कार्यान्वयनमा आएको समेत भनेको छ । स्थानीय तह निर्वाचन २०७९ मा ६ राष्ट्रिय दलसहित ७९ दल सहभागी हुँदै छन् ।

आज दलहरूलाई प्रतिबद्धता गराइँदै

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरूलाई आचारसंहितामा पूर्ण प्रतिबद्ध रहने प्रतिबद्धतापत्रमा आज मंगलबार हस्ताक्षर गराउँदै छ ।

आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने ६ वटा राष्ट्रियसहमति कुल ७९ वटा राजनीतिक दललाई आचारसंहितासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउन लागेको हो ।

‘दलहरूलाई साढे ११ बजेका लागि बोलाइएको छ, आचारसंहिताको पूर्ण पालनामा प्रतिबद्ध रहनेगरी आयोगले दललाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउँदै छ, दलहरूलाई हस्ताक्षर गराएपछि आयोगले उपर्युक्त समय हेरेर निर्वाचन आचारसंहिता जारी गर्छ,’ आयोगले भन्यो । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …