तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जेरूसेलम। इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ ।

घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो । एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो ।

इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोपमा जेल सजायँ भोगेर मुक्त भएका ब्यक्तिले आक्रमण गरेको पनि खुलेको छ ।

छुरा प्रहार गर्ने ब्यक्ति एक बन्दूकधारी प्रत्यक्षदर्शीले चलाएको गोली प्रहारबाट मारिएका छन् । आक्रमणकारी अरब मुलका इजरायली नागरिक मोहम्मद अबुअल कियान भएको अनुसन्धानबाट खुलेको छ । इजरायल भित्र धेरै वर्षपछि यो खालको आक्रमण भएको हो ।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले घटनाप्रति खेद प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

आक्रमणपछि आफ्ना आन्तरिक सुरक्षा मन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेका इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले कथित आक्रमणकारीलाई गोली हान्नेहरूको प्रशंसा गर्दै भन्नुभयो, “उनीहरूले साधन र साहस देखाए र थप घाइते हुनबाट रोके ।”

“हामी आतंककारीहरूविरुद्धको लडाइमा कडा मेहनत गर्नेछौं । हामी उनीहरूका साथै उनीहरूलाई मदत गर्नेहरूलाई पछ्याउनेछौं,” बेनेटले ट्वीटरमार्फत् सम्प्रेषित सन्देशमा भन्नुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …