तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । नेप्से ६९ अङ्कले बढेर दुई हजार ९२६.७४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अङ्कले बढेर ५४२.६३ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर रु नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३९.४७, व्यापार ७९.६८, होटल तथा पर्यटन ५५.६५, विकास बैंक १४३.४२, जलविद्युत् ७५.२६, वित्त ५६.६२, निर्जीवन बीमा २६६.२२, उत्पादन ४०६.८२, अन्य ६६.२१, लघुवित्त ११०.४५, जीवन बीमा ३८९.५१, सामूहिक लगानी कोष ०.२५ र लगानी १.९१ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड ४३ लाख १७ हजार ५३१ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु ३० करोड ४४ लाख ४५ हजार १५१, माथिल्लो तामाकोशी रु २९ करोड ७४ लाख ६ हजार ९२१, शिव्म सिमेन्ट रु २६करोड ३३ लाख ७८ हजार ६२२ र नेपाल पूर्वाधार बैंक रु २५ करोड ४१ लाख ५१ हजार ९५७  बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । किसान लघुवित्त ९.९४, हिमालयन डिस्टिलरी ८.९६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.७९ प्रतिशतले कमाए ।

यस्तै ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.५९, बोटलर्स नेपाल तराई २.९७, मनकामना स्मार्ट लघुवित्त २.५६, मैलुङ खोला जलविद्युत् कम्पनी २.३३ र न्यादी हाइड्रोपावरका लगडानीकर्ताले २.२७ प्रतिशतले गुमाए ।  नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ३४ अर्ब ६० करोड १४ लाख १९ हजार ५८७ बराबर पुगेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …