तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अङ्कले उकालो लागेर दुई हजार ३१३ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६७ अङ्कले उकालो लागि ४४७.१४ मा पुगेको छ ।

नेप्सेमा भारी वृद्धि देखिए पनि कारोबार रकम भने उल्लेखरुपमा वृद्धि भएन । कूल २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर रु एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ मा कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३२ अर्ब ९० अर्ब ५७ करोड ९८ लाख ७० हजार बराबर  छ ।

कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २२.५५, व्यापार १४.४१, होटल तथा पर्यटन ३६.८६, विकास बैंक १०३.०६, जलविद्युत् ९६, वित्त ५४.०९, निर्जीवन बीमा १२४.०५, उत्पादन ६२.९७, अन्य ३५.११, लघुवित्त ८६.५, जीवन बीमा २३६.८१, सामूहिक लगानी कोष ०.०५ र लगानी १.७ अङ्कले बढेका छन् ।

कारोबारका आधारमा न्यादी ग्रुप अफ पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९८ लाख तीन हजारको शेयर कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावरको रु चार करोड २५ लाख २३ हजार ९१७, नेपाल दूरसञ्चार कम्पनीको रु तीन करोड ८२ लाख ८९ हजार ४३५, बरुण हाइड्रोपावरको रु तीन करोड ७४ लाख २६ हजार र नविल बैंकको रु तीन करोड ६८ लाख ८७ हजार ४७० बराबरको कारोबार रही शीर्ष पाँचभित्र रहे ।

नेप्सेमा उच्च वृद्धि हुँदा मङ्गलबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा बरुण हाइड्रोपावर, न्यादी ग्रुप अफ पावर र जालपा सामुदायिक लघुवित्त छन् ।

यस्तै ,युनिभर्सल पावर कम्पनी ९.९७ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ९.१७ प्रतिशतले कमाउँदा उता एनआइविएल समृद्धि फण्ड दोस्रो ४.८२, उन्नति सहकार्य लघुवित्त २.५२, नविल डिवेञ्चर १.९६, कृषि विकास बैंकको डिबेञ्जर १.९५ र गुराँस लघुवित्तका लगानीकर्ताले १.६१ प्रतिशतले गुमाए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …