तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । त्यसपछि बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले असार १९ गतेसम्म आवेदन दिन पाउने तथा निष्काशनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनसक्नेछन् ।

आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै ‘मेरो शेयर’ एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । 

कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआरबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …