काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से आज १६.३० अङ्कले ओरालो लागेर दुई हजार ८३५.५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५३२.४९ मा ओर्लेको छ । कारोबार मापक परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज सामान्य वृद्धि भएको छ । कूल २३० कम्पनीको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर रु ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब सात अर्ब ७२ करोड ४१ लाख २० हजार बराबर रहेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २.६८, होटल तथा पर्यटन ३.७४, निर्जीवन बीमा ५६.२२, उत्पादन २७.५४ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ । बैंकिङ ६.४७, विकास बैंक ५१.२१, जलविद्युत् ५३.६५, वित्त ९.२, अन्य २.१, लघुवित्त ३५.३७, जीवन बीमा १६८.५४ र लगानी १.५२ अङ्कले ओरालो लाग्यो ।
कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३५ करोड ८५ लाख १२ हजार ४३२ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु ३३ करोड दुई लाख ८० हजार ९५९, नेपाल पूर्वाधार बैंक रु ३२ करोड ३३ लाख एक हजार ८६, माथिल्लो तामाकोशी रु ३२ करोड आठ लाख ५९८ र एचआीडसिएल रु ३० करोड १२ लाख ५१ हजार ३५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार नेपाल इन्स्योरेन्स ३.८३, बुद्धभूमि नेपाल हाइड्रोपावर ३.४४, राष्ट्रिय बीमा कम्पनी २.९९, विन नेपाल लघुवित्त २.५६ र एनएमबी हाइब्रिड फण्ड एक का लगानीकर्ताले २.२७ प्रतिशतले कमाए । विलर्टी इनर्जी कम्पनी ६.२७, नेपाल हाइड्रो डेभलपर्स ५.१, बोटलर्स नेपाल तराई ३.९५, युनिभर्सल पावर कम्पनी ३.६३ र तेह्रथ्ुम पावर कम्पनीका लगानीकर्ताले ३.२५ प्रतिशतले गुमाए ।रासस
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …