तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर दुई हजार ८०१.५६ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अङ्कले ओरालो लागेर ५२७.२८ मा ओर्लेको छ ।

नेप्सेको ओरोलो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर रु तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ५९ अर्ब ६४ करोड ८५ लाख ३० हजारको आसपास ओर्लेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । व्यापार ४६.४६, अन्य १२.५१ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेको छ । यस्तै बैंकिङ १०.७९, होटल तथा पर्यटन १९.७२, विकास बैंक २८.९१, जलविद्युत् २७.७६, वित्त १२.७५, निर्जीवन बिमा ८१.०७, उत्पादन १.२९, लघुवित्त ३७.२५, जीवन बिमा १३.३७ र लगानी ०.५६ अङ्कले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु २५ करोड ४८ लाख ३९ हजार ५६४ बराबरको कारोबार भयो । यस्तै नेशनल हाइड्रोपावर रु २२ करोड ४० लाख १५ हजार ४५९, आइएमई जनरल इन्स्योरेन्स रु १९ करोड ८१ लाख ८७ हजार १४६, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड २६ लाख ३८ हजार ९५४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ७१ लाख ६० हजार २२९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नबिल इक्विटी फण्ड २.७६, सिन्धु विकास बैंक २.२०, कुमारी इक्विटी फण्ड २.०७, एनएमबी फिप्टी २.०६ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले २.०६ प्रतिशतले कमाए ।

त्यस्तै मिथिला लघुवित्त ४, ग्लोबल आइएमई समुन्नत स्किम एक ३.२०, नेरुडे लघुवित्त विकास बैंक ३.२०, नेपाल फाइनान्स ३.१० र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.०६ प्रतिशतले गुमाए । रासस         

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …