तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

उमेश थापा

काठमाडौं ।पछिल्लो समय बजारमा सेयरमा आकर्षण बढ्दो छ । एकदिन सेयरको मूल्य बढ्छ, उनीहरु खुशी हुन्छन् फेरि अर्कादिन सेयरको मुल्य घट्छ निराश हुन्छन् । सेयरमा लगानी गर्नु भनेको जुवा  खोलेको बराबर हो । सेयरमा लगानी गर्नेहरु केही महिनायता डिर्पेशनमा जाने अवस्थामा आइसकेका छन् ।

सेयरमा लगानी गर्ने लगानीकर्ताहरुले लिएको बैंङकफाइनेन्सको ऋण तिर्न सकिरहेका छैनन् । धेरै लगानी गर्ने व्यक्तिहरु ऋण तिर्न नसकेर भागिसकेका छन् । बैंकफाइनेन्सहरुले ऋण उठाउन नसकेर धराशायीमा बन्न पुगेको छ । सेयरको विषयमा ज्ञान नभई अरुको लहैलहैमा लागेर लगानी गर्दा आज उनीहरुलाई मर्नु न मोटाउनु भएको छ ।

अर्थ मन्त्रालय भने सेयर लगानीकर्ताप्रति कुनै चासो दिएको छैन । सेयरमा लगानी गर्ने सर्वसाधारणहरु सेयर बिक्रि नभएर तनावमा छन् । सरकारले अझैंपनि नयाँ लगानीहरु सहि दिशा देखाउन सकेन भने उनीहरु डुब्छन् । अहिले बजार सेयरको मुल्य मात्र घटेको होइन घर जग्गाको मुल्य घट्रे मन्दी आएको छ ।

घरजग्गा धितो राखेर लगानी गर्ने, बैंङकफाइनेन्सबाट ऋण लिने व्यक्तिहरुले ऋण तिर्न सकेको छैन् न त र्बैङक फाइनेन्सले दिएको कर्जा नै उठाउनसकेको छ । ठुलो लगानी गरेको घर जग्गा लगानी फाइनेन्स डुबिसकेको छ ।

एक कित्ता सेयरको मुल्य ३३०० रुपैंया पुग्दा पनि नसोचीकन किने । त्यो सेयरको मुल्य घटेर १७०० मा आयो । १७०० मा बेच्छु भन्दा पनि किन्ने मान्छे छैन । सेयरमा लगानी गर्ने मान्छेहरु लगानी गर्नेहरुको घरमा रुवावासी चलेको छ । सेयरको मुल्यको घटेर मन्दी आउनेबित्तिकै देशको अर्थतन्त्र बिग्रिएको छ भनेर जनताले बुझछन् ।

अहिले सेयरको मुल्य घट्नुको कारण व्यक्तिहरुले पैसा लुकाएर विशेष गरेर एकहजार र पाँच सयको नोट । जनताहरुले बैंङकफाइनेन्सलाई विश्वास गरेनन् । अहिले कति सहकारीहरु भागीसकेका छन् कति भाग्ने अवस्थामा छ । सहकारीहरुमा पैसा जम्मा गर्ने बचतकर्ता शून्यजस्तै भइसकेको छ 

कर्मचारीलाई तलब खुवाउन सकस परेको छ । सहकारी भाग्ने र डुब्ने डरले जनताले पैसा राख्न छोडिसके । यता, प्राईभेट बैंङकमा पनि जनताहरुले पैसा डिपोजिट राख्न छाोडिसके । नेपाल राष्ट्र बैंङक र सहकारी विभाग कानमा तेल हालेर बसिरहेको छन् । भनेका समयमा पैसा निकाल्न नपाएर जनताहरु तनावमा छन् ।

सहकारीको कार्यलयमा जाँदा चेयरमान वा अध्यक्ष भेटिन छोडिसकेका छन् । एउटै घरमा पाँचवटा सम्म सहकारीको कार्यालय छ । सहकारीहरु च्याउ उमरेको झैं उम्रिएको छ । जनाहरुलाई महँगो ब्याज दिन्छु भनेर जनतासँग डिपोजिट लिएर सेयर, घर जग्गा निजि प्लेटको सवारी साधनमा लगानी गर्दा अहिले सहकारीहरु डुब्ने अवस्थामा पुग्यो ।

अहिले निजि प्लेटको सवारी साधनमा ह्वात्तै घटेको छ भने घर जग्गाको पनि मुल्य घटेर किनबेच नै बन्द छ । घरजग्गा बेच्ने मान्छेको लाइन छ तर किन्ने कोही छैन । एकबर्ष अगाडि आनाको ६० लाखमा किनेको घडेरीलाई २० लाख बेच्छु भन्दा पनि कसैले किन्दैन् । ऋण लिएर घरजग्गा किन किनेछौ ? भनेर टोउकामा हात राखेर बसिरहेका छन् ।

यता, जग्गा प्लटिङ गर्ने व्यक्तिहरु भागी सके । बैंङक फाइनेन्सहरु जस्लै घरजग्गा सेयर निजि नम्बर पलेटमा लगानी गरेको छ त्यो बाट पैसा उठ्न असम्भव भैसकेको छ । वित्तिय संस्थाका सिईओ र सहकारीका अध्यक्षलाई रातभर निद्रा लाग्दैन । बैंङक फाइनेन्स डुब्दा धेरै व्यक्तिहरु डिपोजिट डुब्ने अवस्थामा छ ।

जनताहरुले बुझदै नबुझी सहकारीमा पैसा राख्दा पछुताउने मात्र विकल्प छ । अहिले नयाँ गाडि किन्नको लागि अटोसोरुम जाँदैनन् । पुरानो वा सेकेन्ड हयान्ड बिक्रि गर्ने ठाउँमा पनि किन्ने मान्छेहरु छैन । बेंङकफाइनेन्सहरुले बढि लगानी गरेको क्षेत्र हो यो । यो व्यापार वा व्यवसायी घराशायी भएपछि बैंङक फाईसन्सलाई पनि सिधै असर पेरेको छ ।

अहिले निजि बैंङकहरुले १५ प्रतिशत ब्याज दिन्छु भन्दै डिपोजिट माग्दै छन् सहकारीहरु १९ प्रतिशत ब्याज दिन्छु भन्दै डिपोजिट राख्नेको खोजी गर्दै छन् । यति धेरै ब्याज दिन्छु भन्दा पनि डिपोजिट राख्न छोडिसके । बैंङक फाइनेन्सलाई सर्वसाधारणले विश्वास गर्दैनन् । फाइनेन्स ठग हो भन्ने कुरा जनताको मनमा परेको छ ।

डिपोजिटमा पैसा राख्ने मान्छेलाई थोरै ब्याज दिने । जस्लै घर जग्गा राखेर कर्जा लिन्छन् त्यसलाई १६ देखि २१ प्रतशित सम्म लिने । सेवाशुल्क वापत सहकारीहरुले ३ प्रतिशत र बैंङकहरुले १ प्रतिशत लिन्छन् । बैंङक र फाइनेन्सले जनतालाई लोन दिँदा कमिशन खाएर कर्जा दिने ।

सहकारीबाट लिएको कर्जाको ब्याजको हिसाब गर्ने हो भने ५२ प्रतिशत पर्छ । बैंङक फाइनेन्सबाट लिएको ऋणले धेरै मान्छेहरुको उठिबास भईसकेको छन् । धेरै मान्छेहरुको धितो लिलाम गरेर खाएको छ । ४० लाखको पुँजी वा धितो छ भने १४ लाख दिन्छ तीन किस्ता तिर्न नसक्ने बित्तिकै पत्र पत्रिका निकाल्छन् ।  छ किस्ता तिर्न नसक्दा लिलाम गर्दिछन् । 

जनताहरुको डिपोजिटको ब्याज महिना नमार दिँदैन महिना मर्नुभन्दा अगाडि पैसा निकाल्यो भने ब्याज पाउँदैन । कर्जा लिएको मान्छेहरु कर्जा चुक्ता गर्ने दिनको सम्म ब्याज लिन्छ ।

बैंङक फाइनेन्सले ऋण तिर्न नसकेको व्यक्तिहरुको तनि पुस्ता पत्र पत्रिका निकालिएका हुन्छ पछि त्यो पत्र पत्रिका दिएको पैसा पनि ऋण खाने मान्छेसँग न उठाउँछ । ऋण खानेमान्छे सँग साहु ब्याज नै उठाउछ । कति बैंङक फाईसन्समा खाता खोलेर पैसा राखेको मान्छेको मुत्य हुँदा त्यस बैंङक वा फाईसन्सको कर्मचारीले जानकारी गराउनु पर्ने ठाउँमा जानकारी नगराई पैसा खाईदिन्छन् ।

बैङक वा फाइनेन्सका कर्मचारीहरुले जनताको खातामा भएको पैसा आफनो पनि पारेका छन् । उदाहरणको लागि एकएक रुपैंया निकालिएर करोडौं जम्मा गरेको छ । बैंङक फाइनेन्सका कर्मचारीहरु कमिशनको लागि ज्यान फैलिछन् । अब जनताहरुले डिपोजिट राख्ने दिन गइसक्यो ।

बैंङक र फाइनेन्सहरुले नयाँ योजना निकाल्न नसक्ने र डिपोजिट गर्नेको लागि आर्कषण पनि गर्ने सकेको छैन । अब देशको अर्थतन्त्र प्रत्येक दिन घरासाशीमा छ बिजनेश घाटा प्रत्येक दिन बढको छ महँगी ह्वात्तै बढेको छ भने नेपालको अर्थ तन्त्र श्रींल्रका जस्तो हुन्छ भनेर जनताको मनमा परेको छ । अब राजनितिक दलहरुले जनता र राष्ट्र वा अर्थतन्त्र लाई दुर्घटना बाट बचाउको लागि बेलैमा सहि निर्णय नगर्ने हो भन नेपाली पनि केहि समयमा नेपाल पनि श्रीलका को अवस्थामा पुग्छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …