तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित  बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ ।

एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि विवरण सङ्कलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको पार्टीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिनुभयो । “अनुगमनमा पाइएका विवरण माघ–१५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउन नगर वा गाउँपालिका कार्यसमितिलाई भनिएको छ”, उहाँले भन्नुभयो, “योजनाको पारदर्शीताबारे बुझ्ने र कुन टोलमा कस्तो योजनाको आवश्यकता छ भन्नेसमेत पहिचान हुन्छ ।”

अनुगमनका क्रममा बजेटको अङ्क, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, काम सम्पन्न भएको मात्रा, लाभान्वित घरधुरी सङ्ख्या, योजना दाता वा सम्बन्धित निकायको नाम लगायतका विवरण सङ्कलन गर्ने जनाएको छ । टोल समितिको भेलाबाट प्रत्येक टोल वा बस्तीमा आवश्यकीय तत्कालीन र दीर्घकालीन योजना छनोट गरी वडासमितिमा पेश गर्ने, टोल समितिबाट पेश भएका योजना वडा समितिमार्फत गाउँ वा नगर समिति हुँदै जिल्ला समितिमा पेश गर्ने÷गराउने निर्णय गरिएको जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिनुभयो । 

टोल वा बस्तीमा आकस्मिकरुपमा भइपरी आउने समस्या वा योजनाको हकमा परिस्थितिजन्य रुपमा सिधँै सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउन सकिने एकीकृत समाजवादीले जनाएको छ । पार्टीले गर्ने अनुगमनले जिल्लामा सञ्चालित विकासे योजनाका काम प्रभावकारी हुने अपेक्षा गरिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज चाम्लिङले बताउनुभयो । 

यसैबीच, एकीकृत समाजवादीले जिल्लाका दश स्थानीय तहमध्ये बाँकी रहेको खोटेहाङ, साकेला र रावाबेँसी गाउँपालिकामा तत्काल पालिकास्तरीय समितिसँगै कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । हालसम्म बराहपोखरी, जन्तेढुङ्गा, दिप्रुङ चुइचुम्मा, साकेला, ऐसेलुखर्क, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडा इन्चार्ज एवं संयोजक तोकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको ७९ वडामध्ये ३७ वडामा वडा पार्टी समिति गठन गरिएको जनाइएको छ । आगामी माघ–७ गतेभित्र वडादेखि जिल्लासम्म जनवर्गीय सङ्गठनहरुको गठन तथा पुनः गठन गर्ने तयारी गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राईले जानकारी दिनुभयो ।रासस                                                                                                            

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …