तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

डा. केदार कार्की

काठमाडौँ। पशुपंक्षीले मानिसलाई खानेकुरा, लुगाफाटो, श्रम, मल तथा नगद आय श्रोत उपलब्ध गराउने हुँदा यिनीहरुसँग मानिसको आत्मीय सम्बन्ध सिकार युगदेखि नै रहँदै आएको छ । पशुपंक्षिहरु मानवीय संस्कृति सम्पदा तथा सभ्यताको महत्वपूर्ण अंग पनि मानिन्छ ।

पशुपंक्षिलाई स्वास्थ्य राख्न परम्परागत उपचार पद्धति शताब्दियौंदेखि प्रचलनमा प्रयोग हुँदै आएको तथ्य भेटिन्छ । पश्चिमा चिकित्सा प्रणालीको विकास हुनुभन्दा पहिले पशुपालक यही परम्परागत पशुचिकित्सा अभ्यासमा पूर्णरुपमा आश्रित थिए भन्दा हुन्छ । यदि विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई हेर्ने हो भने विकासशिल देशका ८० प्रतिशत जनसमुदाय तथा तिनले पालेका पशुपंक्षिमा देखिने रोग व्याधिको उपचार रोकथाम तथा निन्त्रणका लागि मुख्यतया यिनै परम्परागत उपचार अभ्यासमा आश्रित छन् । यी परम्परागत उपचार अभ्यासलाई इथनो भेटेरिनरी मेडिसिन भनिन्छ । यसलाई परम्परागत जनसमुदायको विश्वास, दक्षता, प्रविधि र अभ्यास जनु पशुको स्वास्थ्य हेरचाह गर्न अभ्यास गरिन्छ र यो पुस्ता दरपुस्तामा हस्तान्तरण हुँदै जाने सीपको रुपमा परिभाषित गरिन्छ ।

म्याक कोकलेले १९९५ मा परम्परागत चिकित्सा तथा पशुचिकित्सा प्रणालीलाई परिभाषित गर्दैै भनेका छन् ः एउटा बृहत् अन्तरसम्बन्धित स्थानीय ज्ञान यससँग सम्बन्धित शीप, अभ्यास, विश्वास, प्रयोगकर्ता, सामाजिक संरचना, स्वास्थ्य सेवा तथा स्वस्थ्य पशुपालन जसबाट भोजन, श्रम तथा आयआर्जन गराउने पशुपंक्षिहरुलाई दृष्टिकोणमा राख्दै यसको व्यवहारिक प्रयोग पशुपंक्षिको उत्पादन विकासमा तथा जीवीकोपार्जन प्रणालीमा जसको अन्तिम लक्ष्य मानव कल्याण तथा सम्बृद्धि पशुपंक्षि पालनबाट हुने गरिने क्रियाकलापलाई मानिनेछ । इ.सं. १९५० को ताकाबाट यस्ता पारम्परिक ज्ञान, शिप, प्रविधिको अभिलेखिकरण तथा यसको आधिकारिक पुष्टि तर्फ ध्यान आकर्षित हुन थालेको पाइन्छ ।

पारम्पारिक पशु चिकित्सामा प्रयोग गरिने औषधिको श्रोतहरु ः
प्राकृतिक पउत्पादन जुन पारंपरिक चिकित्सा अभ्यासका क्रममा प्रयोग गरिन्छन् तिनिहरु औषधिजन्य जडिबुटीजन्य विरुवा र तिनका उप–उत्पादन खानहुने माटो, मुल्तानी माटो, खरी चुनढुङ्गा, खजिनहरु तथा जनावरको शरीरको माग तथा जनावरको उत्पादन मानिन्छन् ।

बोटविरुवाहरु ः
औषधिजन्य जडिबुटिका सबै भागहरु, पात, बोक्रा, फल, फूल, वियाँहरु औषधि बनाउन प्रयोग गरिन्छ । बोट विरुवाहरु प्रायजसो परम्परागत पशुचिकित्सा अभ्यासमा औषधि बनाउन प्रयोग गरिने घटकमा पर्दछन् ।

खानयोग्य माटो तथा खनिजहरु
खानयोग्य माटो खासगरी धमिरा, कमिलाको गुँडको माटो परम्परागत पशुचिकित्सा अभ्यासमा प्रयोग गरिन्छ । निबिषि करण तथा बिषक्ति बाँधेर बहिर निकाल्न साधारणतया चुनढुङ्गा प्रयोग गरिन्छ ।

जनावरको शरीरको भाग तथा पशुजन्य उत्पादनहरु ः
हाड, छाला, दुध, नौनी, पिसाव, गोबर सामान्यतया परम्परागत पशुचिकित्सा अभ्यासमा औषधिको रुपमा प्रयोग गरी पशुका शरीरको भाग तथा पशुजन्य उत्पादन मानिन्छ ।

अन्य औषधिजन्य सामाग्रहरु ः
खाने बनस्पतिजन्य तेल, मह तथा नुन यीनमा रोग निको पार्ने तथा स्वास्थ्य संरक्षण गर्ने क्षमता भएका कारण परम्परागत पशुचिकित्सा अभ्यासमा प्रयोग गरिन्छ ।

परम्परागत पशुचिकित्सा अभ्यासमा प्रयोगका लागि औषधि बनाउने बिधिहरु ः
धुलो पाउडर ः बोक्रा, जरा, पातहरु वा सम्पूर्ण बोट सुकाएर पिधिन्छ अनि धुलो पाउडर बनाइन्छ । यसलाई आवश्यक परेमा चालेर मसिनो पारी छुट्याउन सकिन्छ । यस्तो धूलो चूर्ण विरामी पशुलाई यत्तिकै खुवाउन सकिन्छ वा नुनमा मिसाएर खान दिइन्छ । यी चूर्णलाई निबिषिकरण पार्न वा ज्वरो कम गर्न प्रयोग गर्न सकिन्छ ।

लेप (पौलटिस)
औषधिजन्य धूलो चूर्णलाई तातो पानी मिसाएर लेदो वा लेप जस्तो बनाएर प्रभावित भागमा प्रयोग गर्न सकिन्छ । यी औषधिको लागि बनाइएको सामाग्री सुन्निएको ठाउँमा, दरफराएको, कोतरेको तथा चराएको ठाउँमा सन्चो गराउन प्रयोग गराउन सकिन्छ । यस बाहेक पिलो घाउ पकाउन, पिप निकाल्न, छालामा अड्केको बिषलु पदार्थ केही चिज गडेको निकाल्न प्रयोग गरिन्छ ।

मल्हम तथा क्रिम ः
बोटविरुवाको मसिनो धूलो चूर्णलाई नौनी वा खानेतेलमा मिसाएर मल्हम तथा क्रिम बनाउने गरिन्छ । यी मल्हमहरु दरफराएको, मर्केको भागमा दलेर लगाइन्छ ।

डिकोकसन चिया बनाउने ः
बोटविरुवाबाट प्राप्त सामाग्रीहर ससाना टुक्रा पारी पानीमा मिसाएर १५–३० मिनेटसम्म उमालेर औषधि बनाइन्छ । यसरी औषधि बनाउँदा माटो वा स्टिलको भाँडा प्रयोग गरिनु पर्दछ, आल्मुनियमको भाँडा प्रयोग गर्नु हुन्न ।

इनफ्युजन ः खुवाउने झोल बनाउने ः
बोटविरुवाका मसिनो पारी कटिएका भाग राखिएको भाँडामा उम्लिएको तातोपानी राखेर १० देखि २० मिनेट छोपेर राख्ने जबसम्म बोटविरुवामा भएका औषधिजन्य तत्वहरु पानीमा संग्रहित हुनसकोस् । पानीलाई छानेर औषधि संग्रहित पानी छुट्याउने गरिन्छ । यसरी तयार गरिएको औषधियुक्त पानी तातो वा चिसो अवस्थामा खुवाउन सकिन्छ ।

चिसो पानीमा औषधितत्व संग्रहित गर्ने ः
बोटविरुवामा पाइने केही औषधिजन्य क्रियाशील अवयवहरु उमाल्दा, तताउँदा, पकाउँदा बिग्रहित भएर जाने गर्दछन् । त्यसैले औषधिजन्य बोटविरुवाको भागलाई स–साना टुक्रा बनाई चिसो पानीमा रातभर भिजाएर राख्ने र पानीमा संग्रहित हुन पुगेको औषधि पानी छानेर प्रयोग गर्न सकिन्छ । यसरी बनाइएको औषधि जहिले पनि ताजा बनाएर प्रयोग गर्नुपर्ने हुन्छ ।

टिंचर ः
७०–८० प्रतिशत पानी २०–३० प्रतिशत अल्कोहल र बोटविरुवाबाट प्राप्त हुने औषधिजन्य तत्व मिसाएर टिंचर बनाइन्छ । बोटविरुवाबाट प्राप्त सामाग्री पानीको झोलमा एक दिनदेखि धेरैदिन राखी औषधिजन्य तत्व संग्रहित गरिन्छ । यसरी तयार पारेको टिंचरलाई छानेर शरीरभित्र या शरीर बाहिर प्रयोग गर्न सकिन्छ ।

धुँवा लगाउने ः
सुकेको वा भिजेको बोटविरुवाको भाग दनदनी बालेको आगोमा हाली डढाइन्छ । यसबाट निस्कने धुवाँ जनावरको शरीरको सम्पर्कमा आउँछ जुन जनावरको बाह्य परजीवी विरुद्ध प्रभावकारी मानिन्छ ।

इथनो भेटेरिनरी उपचार जुन प्रायजसो अभ्यास गरिन्छ ।
कोलाई ब्यासिलोसिस÷सेप्टिसेमिक कोलाई व्यासिलोसिस ः
अदुवाको धूलो चूर्ण ५० ग्राम, मेथीको दाना २५ ग्राम, नुन आवश्यकता अनुसार सबै मिसाएर मसिनो पारी पिँध्ने अनि १००–१५० एम.एल. मन तातो ापनीमा मिसाएर खान दिने वा पाइप बोतलको सहयोगले ४ देखि ६ घण्टाको फरक पारी २ वा ३ पटक खुवाउने

साल अड्केको आवस्थामा ः
सातवटा भन्टाको फूल, एक टुक्रा एलानजीउमसाल भीफोलिएको जरा सातवटा धानको गेडा थोरै पानी मिसाएर पिँध्ने यसरी तयार भएको लेदो खामन दिने । यस्तो पनि जनविश्वास छ कि उपरोक्त सामाग्री एउटा टालोमा बाँधेर गाइभैंसीको दाम्लोमा झुण्ड्याउँदा पनि साल झर्छ । पाँचदेखि १० ग्राम एचिरान्थेसास्पोराको जरा आधा गिलास पानीमा उमालेर आधा बनाउने र खान दिने । अध्कल्चो पाकेको भात, मनतातो पानीमा खान दिने । १० ग्राम एनेथुमगर एमेबोलेन्सको जरा तथा सुकेको अदुवा १ कप पानीमा उमाल्ने अनि चिसो पारी छान्ने । यसरी तयार भएको औषधि पानी ४०–५० ग्राम खुदोमा मिसाएर खान दिने । सिसस क्वान्ड्रा गुलरिसको सिङ्गो बोटलाई पिँधेर मन्जल जस्तो लेदो बनाउने र खान दिने यसले साल खस्न खसाल्न सहजिकरण गर्दछ । ट्राइबुलस टेरेस्ट्रीसको दानाको मन्जन जस्तो लेदो खान दिँदा साल चाँडै तथा सजिलै झर्छ ।

काँध लाग्ने, सुन्निनेमा ः
नीमको पात पानीमा उमालेर प्रभावित भागमा दलेर पानीले सेक्ने । सालको रेसिन, खोटोको पाउडर, क्याम्फर पाउडर ताजा नरिवलको तेलमा मिसाएर मल्हम बनाइ प्रभावित भागको बाहिरपट्टी लगाउने । सुपारीको चूर्ण, संग्रहित निमको पात, बरलेरिया प्रियोनइटसको संग्रहित पात तथा नौनी मिसाएर प्रभावित भागमा दल्ने । ट्राइडकस प्रोकम्बेन्सको संग्रहित पात प्रभावित भागमा लगाउने । बेसारको धूलो दल्ने । स्क्रीपस ग्रोसुस तथा ऐलीयम साटियमको पात डाँठबाट संग्रहित औषधितत्व मिसाएर दल्ने । साइजियम जम्बोलानमको जरा र बोक्रा थोरै पानीमा मिसाएर मल्हम जस्तो लेदो जस्तो पिँधेर बनाएर प्रभावित भागमा दलेर लगाउने । लुफा एकुटान्गुलाको पातको मन्जन जस्तो लेदो बनाई प्रभावित घाँटीको भागमा लगाउने ।

परम्परागत पशुचिकित्साजन्य औषधिका फाइदा ः
सजिलै उपलब्ध, सजिलै बनाउन सकिने, प्रयोग गर्न सकिने, सस्तो, किफायती मूल्यमा सित्तैमा उपलब्ध, आफ्नै संस्कृति परम्पराको एउटा अंश, आधुनिक औषधिहरु जस्तो औषधि प्रतिरोधक क्षमता विकास हुने डर नहुने, पशुपंक्षिबाट उत्पादित खाख् पदार्थमा औषधिजन्य अवशेषको पिरलो नहुने । एन्टीवायोटिक जस्ता औषधिको दुरुपयोग नियन्त्रण गर्न सहयोगी भूमिका खेल्ने ।

परम्परागत पशुचिकित्सा अध्यासका सिमितता ः
केही अभ्यासहरु अप्रभावकारी, केही नोक्सानदेह, जडिबुटीजन्य औषधिहरुको गुणस्तर कायम राख्न गाह्रो तथा झन्झटिलो । सही रोग निदान हुन नसक्ने जोखिम । अपूर्णं मात्राको प्रयोग हुने जोखिम, लिखित अभिलेखको अभाव, न्यून स्वास्थ्य गुणस्तर ।

निष्कर्ष ः
इथनो भेटेरिनरी औषधि विज्ञानलाई आजको युगमा एउटा वैकल्पिक पर्यावरणमैत्री, सुरक्षित, आर्थिक रुपमा सवल, पशुको स्वास्थ्यमा हुने गडबढी रोकिने, औषधिको रुपमा मानिन थालेको छ । यति हुँदाहुँदै पनि उचित अभिलिखिकरणको अभाव, आधुनिक चिकित्सा अभ्यासकर्मीको यसप्रति उदाशिनताले यसको विकासमा अवरोध पु¥याउने गरेको छ । परम्परागत ज्ञान, सिप, प्रविधिको वैज्ञानिक अभिलेकखिकरण, गुणस्तरको विकास तथा मानयता दिनु अत्यन्त आवश्यक देखिन्छ । साथै हामीकहाँ उपलब्ध औषधिजन्य जडिबुटिको अभिलेख, तीनबाट प्राप्त गर्न सकिने औषधि तिनको व्यवहारिक प्रयोग बारे सरोकारवालामा सचेतना एवम् आवश्यक अध्ययन अनुसन्धानतर्फ हाम्रो ध्यान जान जरुरी देखिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …