तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानेडियामा सोमबार सम्पन्न संसदीय निर्बाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले अग्रता लिएपनि सरकार निर्माणका लागि आवश्यक बहुमत सीट जित्न भने असफल भएको छ । 

संसदको पूरा अवधि सकिनुभन्दा दुई वर्ष पहिले भएको निर्बाचनमा लिबरल पार्टीलाई अपेक्षाकृत समर्थन नमिलेको विश्लेषकहरूले बताएका छन् । 

लिबरल पार्टीले अन्य दलकोभन्दा सिट जितेको छ । ४९ वर्षीय ट्रुडोले आफ्नो पिता लिबरल आइकन र स्वर्गीय प्रधानमन्त्री पियरे ट्रुडोको ख्याती र आफ्नो कार्यकालमा गरेका कामहरूलाई निर्बाचनमा बहुमत ल्याउने आधारसहित मध्य अवधिमा नै निर्वाचनको घोषणा गर्नुभएको थियो । उहाँले सन् २०१५ मा पहिलो पटक चुनाव जित्नुभएको थियो । उहाँले आफ्नो पार्टीलाई दुई निर्वाचनमा नेतृत्व गर्नुभएको छ ।

ट्रुडोका लिबरल्स सदस्यले सन् २०१९ मा जितेको भन्दा एक सीट कम अर्थात् १५६ सीटमा अग्रता वा निर्वाचित भएका छन् । अग्रता कायम गरेका सबै स्थानमा जितेमा पनि यो सङ्ख्या हाउस अफ कमन्समा बहुमतका लागि आवश्यक १७० मध्ये १४ सीटले कमी हुनेछ । कन्जरभेटिभ पार्टीका सदस्यले १२१ सिटमा अग्रता लिइरहेका वा निर्वाचित भएका छन् । सन् २०१९ मा उनीहरूले जितेको सङ्ख्या पनि यही हो । 

यहाँको वामपन्थी न्यू डेमोक्र्याट पार्टीका सदस्यले २७ स्थानमा अग्रता लिइरहेका वा निर्वाचित भएका छन् ।  बामपन्थी दललाई पहिलेभन्दा तीन सिटको लाभ मिल्ने देखिएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …