तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले छानबनि समिति गठन गरेको छ । समितिलाई समग्र शेयर बजारको विकृतिबारे समेत अध्ययन गर्ने गरी कार्यादेश दिइएको छ । समितिमा  विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा रु १२ करोडभन्दा बढी शेयर धितो कर्जा लिने १६२ जनाको हितका लागि काम गर्ने कि  समग्र ४० लाख लगानीकर्ताको लागि काम गर्ने भन्ने प्रश्नमा अर्थमन्त्री शर्माले भन्नुभयो, “समग्र लगानीकर्ताको हितका लागि नै काम गर्नेगरी अध्ययन समितिले काम गरिरहेको छ ।” उहाँले सो अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा शेयर बजारको सुधारको काम गरिने विश्वास दिलाउनुभयो ।

कोरोना बीमामा भुक्तानीमा समस्या

कोरोना बीमा गरेका नागरिकले लामो समय भइसक्दा समेत भुक्तानी नपाएका कारण समस्यामा परेका छन् । अर्थमनत्री शर्माका अनुसार हालसम्म रु ११ अर्ब बराबरको बीमा भुक्तानीका लागि दावी परेको छ । भुक्तानीका लागि रकम अभाव भएको भन्दै भुक्तानी दिन रोकिएको छ । उहाँले कोरोना बीमा दाबी भुक्तानीको मात्रा ठूलो भएकाले सरकारलाई समस्या परेको बताउनुभयो ।

कोरोना बीमाको दायित्वअनुसार नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले रु तीन अर्ब ५० करोड बढी रकम बीमितलाई उपलब्ध गराएको भए पनि थप भुक्तानी हुन सकेको छैन । यस्तै, उहाँले सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको जानकारी दिनुभयो । विद्युतीय सवारी साधनको बढावाका लागि नै मोटरसाइकलमा कर बढाइएको उल्लेख गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …