तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। विसं २०७२ वैशाख १२ गतेको भुकम्पले क्षति पु¥याएको काठमाडौंँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–२ भूमिस्थलीस्थित रामकृष्ण मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका र रामकृष्ण मन्दिर व्यवस्थापन समितिको साझेदारीमा रु एक करोड १५ लाख ९० हजारको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको हो । मन्दिर परिसरमा योग हल, ज्येष्ठ नागरिक विश्रामस्थल र प्रवचन कक्षसमेत निर्माण गरिएको छ ।

मन्दिरको उद्घाटन गर्नुहुँदै नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पशुपतिदेखि वागद्वारसम्म वाग्मती नदी क्षेत्रलाई धार्मिक परिपथका रुपमा विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले कार्य अघि बढाएको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र वडा नं १ का वडाध्यक्ष राम मानन्धरले नगरपालिका क्षेत्र भित्रका मठमन्दिर एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रा डा ऋषिराम पोखरेल, दामोदर खनाल, शेरलाल श्रेष्ठ, शङ्कर घिमिरेलगायतले मन्दिर परिसरमा ज्येष्ठ नागरिकका लागि सत्सङ्ग, नियमित योग अभ्यास एवं विभिन्न सामाजिक कार्य सञ्चालन गर्ने गरिएको बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख चालिसेले मन्दिर निर्माणका लागि रु ३० लाख नगद सहयोग गर्नुहुने स्थानीयवासी गोपाल श्रेष्ठलाई सम्मान गर्नुभएको थियो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …