काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार भेट गर्नुभएको छ । उपसभापति निधिको निवास नयाँ बानेश्वरमा आज भएको भेटमा राजदूत डिप्रेजले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
उहाँले प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा आफूहरूले सहयोग गर्ने बताउनुभएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । सो अवसरमा उहाँले बैकल्पिक ऊर्जा, जलवायु परिवर्तन, लैङ्गिक समानतालगायत क्षेत्रमा इयूले गर्न चाहेको सहयोगबारे पनि उपसभापति निधिसँग छलफल गर्नुभएको थियो । भेटमा उपसभापति निधिले नेपालको विकासमा इयूले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै थप सहयोग गर्न राखेको रुचिका लागि धन्यवाद दिनुभएको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …