तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताले सङ्घीयताको अनुभूति हुने विकासका कार्य गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित विभिन्न मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगति समीक्षा र मुख्यमन्त्री एवं मन्त्रीहरूबीचमा कार्यसम्पादन सम्झौतामा उहाँले पुल, सडकलगायत अन्य विकास निर्माण र सेवा जनताले सहजरूपमा प्राप्त गरेमा मात्र सङ्घीयताको सफल कार्यान्वयनको अनुभूति हुने चर्चा गर्नुभयो ।

उहाँले कुनै बहाना नदेखाई तोकिएको विकासका कार्य समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले सरल नियमावली, कार्यविधि निर्माण गरी जनतालाई ध्यानमा राखी नजिता दिने प्राप्त हुने हिसाबले कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हिमाल, पहाड र तराईको समग्र विकासलाई ध्यानमा राखी बहुवर्षीय सडक, पुलको सञ्जाल निर्माणलाई अगाडि बढाएको चर्चा गर्दै दल, मन्त्री स्थान विशेषलाई ध्यानमा राखी विकास निर्माणको कार्य नगर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले बेरुजुलाई शून्य बनाउन गम्भीररूपमा ध्यान दिनुपर्नेमा जोड दिँदै आगामी एक हप्ताभित्र बजेटको कार्यान्वयन शुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खर्च मितव्ययिता अपनाउनुपर्ने आवश्यकता औँल्याउँदै सवारी साधन खरिद, भत्ता, तालिम, फर्निचर, मर्मत, सेवा परामर्श, मेशिनरी औजारलगायत विभिन्न शीर्षकको खर्च कटौती गरी विकास र पूँजी खर्च बढाउनुपर्ने बताउनुभयो ।

प्रदेशका प्रमुख सचिव सुमनराज अर्याल, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल पूँजीगत खर्चको विविधिकरण गरी जनता केन्द्रित कार्य गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा मुख्यमन्त्री राईलाई आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री टङ्कबहादुर आङबुहाङ्ग ९लिम्बू०, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियत, भौतिक पूूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर र सामाजिक विकासमन्त्री उषाकला राईसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो ।

यसअघि प्रदेशका सबै मन्त्रालय, प्रदेश योजना आयोग, लोकसेवा आयोगले आर्थिक वर्ष २०७७÷७८ वार्षिक समीक्षा प्रतिवेशन प्रस्तुत गर्नुभएको थियो । कोरोना महामारी र दरबन्दी कर्मचारीको अभावको कारण लक्ष्यअनुसार प्रगति हुन नसकेको बताइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …