तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८.२४ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५०.४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ बिन्दुले ओरालो लागेर ५७१.१० मा ओर्लेको छ ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने रु १४ अर्बमाथि रहेको छ । कूल २२३ कम्पनीको तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर रु १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ४३.५, विकास बैंक ३४.३८, अन्य १०.५१, सामूहिक लगानी कोष ०.२६ र लगानी ०.१५ बिन्दुले घटेको छ ।

व्यापार ५५.०४, होटल तथा पर्यटन १४.१६, जलविद्युत् १०२.६५, वित्त ६५.५३, निर्जीवन बीमा १४.९३, उत्पादन ८४.६८, लघुवित्त ९८.१, जीवन बीमा ६८.०७ बिन्दुले बढेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ४२ खर्ब ४३ अर्ब २९ करोड ४७ लाख १० हजार बराबर पुगेको छ । कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा रहेको छ । सा कम्पनीको रु ३९ करोड ३० लाख ३७ हजार ८३२ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ३३ करोड ५६ लाख ५२ हजार ९०९, एनआइसि एशिया बैंक रु ३३ करोड ४१ हजार ६५ हजार ५७५, कृषि विकास बैंक रु ३२ करोड ८५ लाख ९२ हजार ३३३ र नेपाल बैंक रु ३२ करोड ३१ लाख १५ हजार ६७६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोबारका आधारमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो पावर माउण्टेन हाइड्रो नेपाल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । एनआइसि एशिया ऋणपत्र ७.२२, पोखरा फाइनान्स ५.२०, सनराइज प्रस्ट म्युचुअल फण्ड ४.०१, सनराइज बैंक ३.९० र लक्ष्मी बैंकका लगानीकर्ताले ३.६७ प्रतिशतले गुमाए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …