तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वाग्मती सफाइ महाअभियानको ४२८औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइसँगै वृक्षरोपण गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा भएको कार्यक्रममा अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कर्मचारी, काठमाडौँ महानगरपालिका– ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी दुर्गा रावललगायतको सक्रियता थियो ।

सफाइपछि अधिकार सम्पन्न वाग्मतीको कार्यालय परिसरमा साउन महिनाको अवसर पारेर ५० रुद्राक्षका बिरुवा पनि रोपिएको छ । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रको नदी किनारमा पनि सफाइ गरिएको छ ।

विष्णुमती सफाइको ३६१औँ हप्तामा टोखा नगरपालिका– ९ मनमैँजु पुलबाट दक्षिणतर्फको भागमा नदीको पर्खालसँगैको भागमा लगाइएका बिरुवाको गोडमेल गरिएको छ । सो अवसरमा सडक पेटीमा सफाइसमेत गरिएको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । सफाइमा अभियानकर्मी एवं स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।

यसैगरी वाग्मती गुह्येश्वरीमाथिको भाग, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तर र पश्चिमी भेगमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार जारी छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …