तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता
बुधबार एक अनलाईन न्युज पोर्टलमा “बलियो नेपालबारे क्यानलाई इपीएलका अख्तरको प्रश्न” शीर्षकमा छापिएको समाचार निकै निन्दनीय भएकाे भन्दै प्रेश विज्ञप्ती मार्फत पूर्वकप्तान पारस खड्काले स्पष्टीकरण दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेटको इतिहास केलाउँदै यस्तो भ्रामक समाचारको पक्षमा नलाग्न आफ्ना समर्थकलाई पनि आग्रह गरेका छन्।

उनले लेखेका छन्,”राष्ट्रिय क्रिकेट टिमको दशकौंको कडा मेहनत र अथक प्रयासले नेपाली क्रिकेट आज यो अवस्थामा आइपुगेको छ । यो यात्रा उतारचढावपूर्ण रहेको सबैमा सर्वविदितै छ।

राष्ट्रलाई प्रतिनिधित्व गर्ने क्रममा मेरो प्रदर्शनमाथि प्रश्न उठे होलान्, जुन स्वभाविक हो। मैले सरल र सहज रूपमा ती प्रश्नलाई ह्रदयबाट आत्मसाथ गरेको छु।
तर, आजसम्म मेरो नियत र इमानदारीतामाथि कसैले प्रश्न गरेको थिएन।

नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट ‘गलत भएको हुन सक्ने’ भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले मलाई अत्यन्तै दु:खी बनाएको छ।

यो समाचारको म खण्डन गर्दछु र कुनै प्रमाणविना लगाएको यो गलत आरोप केवल बदनाम गराउने प्रयत्न मात्र हो । यसलाई यही अर्थमा बुझिदिनु हुन सम्पूर्ण क्रिकेट प्रेमी नेपालीमा आग्रह गर्दछु ।

यस्ता कपोलकल्पित र भ्रामक आरोपबाट म कति पनि विचलित हुने छैन । आगामी दिनमा अझ नेपाली क्रिकेटको विकास र विस्तारको लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार छु।
धन्यवाद ।”
सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …