तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको बताउनुभएको छ । आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ‘बकर इद’ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । “नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक देश हो । विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ । विविध जातजाति, भाषा, धर्म, संस्कृतिका नेपालीहरुको आ–आफ्नै मौलिक पर्वहरु छन् ।

यसमध्ये मुस्लिम समुदायले मनाउने एउटा महत्वपूर्ण पर्व बकर इद हो । मुस्लिम महिना ‘जुल हिज्जा’ को दशौँ दिन बकर इद मनाइँदै आएको छ । तीन दिनसम्म मनाइने यस पर्वलाई बलिदानी पर्वका रूपमा पनि लिइन्छ । यस पर्वको अवसरमा मस्जिदमा भेला भई नमाज पढ्ने, आ–आफ्नो घरमा बलि दिने र एक–अर्कामा शुभकामना आदानप्रदान गर्ने गरिन्छ”, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

सन्देशमार्फत पौडेलले कोरोना महामारीका कारण यस वर्षको बकर इद स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै मनाउनुपर्ने अवस्था रहेकाले भौतिक दूरीसहित स्वास्थ्य सावधानीका निर्धारित मापदण्डको पालना गर्दै नमाज पढ्न र शुभकामना आदानप्रदान गरी पर्व मनाउन अनुरोध गर्नुभएको छ । “बकर इदले हामी सबैलाई जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा सिर्जनशील भई सकारात्मक योगदान पु¥याउन थप प्रेरणा दिनेछ भन्ने विश्वाससहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमार्फत पौडेलले भन्नुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …