तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–जोहा अर्थात् बकर इद (हिजरी संवत् १४४२) को अवसरमा मुसलमान समुदायलगायत सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “इस्लामले बकर इद (इद–उल–जोहा) र इद–उल–फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद–उल–फितर अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद इस्लाम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र आपसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गर्ने प्रचलन रहिआएको छ । जो हाम्रो सम्पदा हो ।

यसरी मनाइने ‘बकर इद’ले हामीबीच सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिएको छु ।” बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताउँदै प्रदेश प्रमुख कलौनीले कोभिड–१९ को महामारीबाट आफू बच्न र अरुलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी घरमै धार्मिक क्रियाकलाप गर्न अनुरोध गर्नुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …