तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। गिरिजाप्रसाद कोइराला फाउण्डेशनको विचार तथा अनुसन्धान विभागकोनिर्देशकमा पत्रकार जगत नेपाललाई नियुक्त गरिएको छ । 

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्मृतिमा स्थापित फाउण्डेशनको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पत्रकार नेपाललाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो । 

फाउण्डेशनका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र गिरिजाबाबुको योगदानका विषयमा अध्ययन अनुसन्धान गर्नका लागि अनुसन्धानकर्ता एवं पत्रकार नेपाललाई उक्त विभागको जिम्मेवारी प्रदान गरिएको राससलाई जानकारी दिनुभयो ।

पत्रकार नेपालले गिरिजाबाबुको नेतृत्वमा भएको जहाज अपहरणलाई समेटेर ‘हाइज्याकिङ फर डेमोक्रेसी’ र ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिसक्नुभएको तथा नेपालको नेपालको राजनीतिलाई समेटिएका चार पुस्तक प्रकाशनमा ल्याइसक्नुभएको छ ।

पत्रकार नेपालले स्व कोइरालाको लाइभ अन्तवार्ता लिनाका साथै उहाँको जीवनीलाई समेटिएको पुस्तक ‘आफ्नै कुरा’ प्रकाशनमा ल्याइसक्नुभएको छ । विसं २०५४ देखि पत्रकारितामा सङ्लग्न नेपाल रत्नराज् लक्ष्मी क्याम्पसका उपप्राध्यापकसमेत हुनुहुन्छ ।

जिपी कोइराला फाउण्डेशनले पछिल्लो समय मुलुकको शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रका विकासमा महत्वपूर्ण भूमिका खेल्दैआएको छ । फाउण्डेशनले नेपालबाहेक विभिन्न देशमा आफ्नो शाखा विस्तार गरी सामाजिक काम गर्दै आएको छ ।   

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …