तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली काँग्रेसका निवर्तमान सांसद गगन थापाले अतःजातीय विभेदको कुनै पनि घटनामा बिना कुनै आग्रह,कुनै किन्तु परन्तु विना, निष्पक्ष रूपमा संविधान र कानूनको यो प्रबन्धको कार्यान्वयन गर्नु गराउनु राज्यको निर्विकल्प दायित्व भएको बताएका छन् ।

उनले आफुहरुले कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनापछि न्याय निरूपणको स्वाभाविक प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारका मन्त्रीको गैरजिम्मेवार हस्तक्षेप प्रति आक्रोश र असहमति व्यक्त गरे पनि जातीय विभेदको कुनै एउटा घटनापछि आक्रोशित बहस हुने,र तुरुन्तै सेलाएर जाने अनि विभेदका घटनाचाहिँ दोहोरिइरहने त होइन भन्ने तर्फ सचेत रहनुपर्ने अवस्था भएको उल्लेख गरेका छन् ।

उनले हाम्रो समाजमा जातीय विभेद अपवादमा हुने घटना हुँदै होइन भन्ने यथार्थ लाई स्वीकारे मात्र हामी संविधानले परिकल्पना गरेको उत्पीडनमुक्त समता मूलक समाजको निर्माणका लागि पहिलो पाइला चाल्न योग्य भएको बताए ।

त्यस्तै उनले सयौँ वर्ष देखि प्रश्रय पाएको यस्तो अमानवीय परम्पराको सामाजिक,मनोसामाजिक,राजनीतिक,आर्थिक लगायत जटिल आयाम भएको भन्दै त्यसैले सरकारले जातीय विभेदलाई न्यायालयबाट हुनुपर्ने निरूपणको विषय सँगै आर्थिक, सामाजिक मुद्दाको रूपमा पनि हेर्नु पर्छ र सोही अनुसार निरन्तर सम्बोधन गरिरहनुपर्ने कुरा अघि सारे ।

राज्यको यस्तो पहललाई सार्थक बनाउन धेरै भन्दा धेरै नागरिकलाई सहभागी गराउन सक्नुपर्छ।यसका लागि विभेदको घटनामा प्रवेश गर्ने बित्तिकै सामाजिक सद्भाव खलबलिने होइन बरु यस्तो घटनालाई लुकाउने/पन्छाउने गऱ्यो भने मानवीय र सद्भावयुक्त समाज कहिल्यै बन्न सक्दैन भन्ने सचेतना जगाउन जरुरी भएको उनको मान्यता छ ।

‘पछिल्ला घटनाक्रमको पृष्ठभूमिमा जातीय विभेद लगायत सबै विभेद अन्त्य गर्ने सम्बन्धमा राज्यको यो गुरुत्तर दायित्वभित्रको आफ्नो जिम्मेवारी मन्त्रीले नबुझेको मात्र होइन आफ्नो भूमिकाले विभेदको अझ पक्षपोषण भएको नदेखियोस् भन्ने सामान्य शालीनतासमेत प्रदर्शनगर्न आवश्यक नठानेको बुझिन्छ।’ उनले लेखेका छन् ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …