तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जिबन पाख्रीन तामाङ

काठमाडौं । नेपाली काङ्ग्रेस रोशी काठमाडौं जनसम्पर्क समितिले रोशी गापाका निर्वाचित पदाधिकारीहरुलाई बधाई दिने कार्यक्रम आयोजना गरेको छ ।

समितिले यहीँ आउदो असार २५ गते शनिबार काठमाडौं जडिबुटी रोयल बैक्वेट स्थित बिहान ११ बजे रोशी गाउँपालिका नव निर्वाचित अध्यक्ष,निर्वाचित वडा सभापति,वडा अध्यक्ष महाअधिवेशन सदस्य लगाएत वडा सदस्यहरुलाई बधाईदिने कार्यक्रम तय गरेको हो ।

कार्यक्रमका प्रमुख अथिति नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्व तरुणदल सभापति जित जंग बस्नेत, विशेष अथिती नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गणेश लामा, काभ्रे जिल्ला सभापति एवम पुर्व सभासद तिर्थ लामा लगाएत अग्रज नेता पुर्व सभापति जिल्ला सदस्य गा पा अध्यक्ष वडा सभापति,वडा निर्वाचित अध्यक्ष सदस्य साथै नेपाली काङ्ग्रेस पार्टीका समर्थक शुभचिन्तकहरुको उपस्थितरहने जनाएको छ।

रोशी काठमाडौं जनसम्पर्क समितिका सभापति मनिश बल लगाएत नेपाली काङ्ग्रेस रोशी काठमाडौं जनसम्पर्क समितिका टिमद्वारा नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम राख्न पाउदा खुशी लागेको बताएका छन।

नेपाली काङ्ग्रेस पार्टी जिताउनमा रोशी जनसम्पर्क समितिले ठुलो भुमिका खेलेको र अधिकांश वडामा निर्वाचित भएकोमा खुशी लागेको र आउदो मङ्सिरमा हुन लागेको निर्वाचनमा पनि सक्दो सहयोग गर्ने समितिका पदाधिकारीहरु बताउछन।

समितिले काठमाडौं भक्तपुर ललितपुर बनेपा धुलिखेलमा रहने रोशी गाउँपालिका भित्रका रोजगारी,व्यवसायीको सिलसिलामा रहनु भएको दाजुभाइ दिदिबहिनीलाई समस्या पर्दा समितिले सक्दो सहयोग गर्ने समेत बताएका छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …