तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बाग्लुङ्ग सांघातिक हमला गरी हत्या र अन्य केही व्यक्तिहरुलाई घाइते बनाइएको घटनाको नेपाली कांग्रेस संसदीय दलद्वारा घोर भत्र्सना गरेका छन ।

खाणले सोमबार एक बिगप्ति जारी गरी आइतबार फागुपूर्णिमाका दिन बाग्लुङ्ग र प्यूठान जिल्लाको सिमानामा पर्ने बडीगाड गा.पा. वडा नं. १० बल्देधुरीमा घटेको हिंसात्मक घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । 

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुँवर र कार्यकर्ता दिपक परियारलाई सांघातिक हमला गरी हत्या र अन्य केही व्यक्तिहरुलाई घाइते बनाइएको घटनाको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ जारी बिगप्ति उल्लेख छ ।

अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् भन्ने हाम्रो ठहर छ । तसर्थ उक्त घटनाको छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई अविलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न नेपाली कांग्रेस संसदीय दल सरकार समक्ष जोडदार माग गर्दछ ।

घटनामा परी घाइते हुनु भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उचित स्वास्थ्य उपचारका लागि सरकार समक्ष माग गर्दछ । साथै ज्यान गुमाउने प्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …