तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ : सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अङ्कले ओरालो लागेको थियो ।

यस्तै, सोमबार भने बजार सम्हालिएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ९५.४६ बिन्दुले उकालो लागेर २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५.१८ बिन्दुले उकालो लागेर ३९१.७४ मा पुगेको छ । कूल २०५ कम्पनीको एक करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर ६ अर्ब ७४ करोड सात लाख ४४ हजार ४३२ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १२ वटा समूहको नै शेयर उकालो लागेको छ । त्यसमा बैंकिङ ७०.९, व्यापार ७७.४८, होटल २०.५६, विकास बैंक ६६.१७, जलविद्युत् ८०.६८, वित्त २५.८, निर्जीवन बीमा ५२७.७७, उत्पादन ११३.०८, अन्य ७८.८, लघुवित्त १०७.०५, जीवन बीमा ९५०.९५ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८६ करोड ३६ लाख ८२ हजार ७७५ रुपैयाँ बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक ४६ करोड ८१ लाख ३४ हजार १७२, प्रभु बैंक ३२ करोड एक लाख १४ हजार ६१३, एनसिसी बैंक २७ करोड ३१ लाख ७१ हजार ८०९, नेपाल पुनरबीमा कम्पनी २४ करोड ५८ लाख २६ हजार रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, शिखर इन्स्योरेन्स १०, नबील बैंक ९.९९, नेपाल लाइफ इन्स्योरेन्स ९.९६ साञ्जेन जलविद्युत् कम्पनी ९.९६, एनआइसी एशिया बैंकका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ९.९२, युनाइटेड इदी मर्दी ९.९०, सनराइज फ्रस्ट म्युचुअल फण्ड ५.१९, श्री इन्भेस्टमेन्ट १.९८ र माउण्टेन इनर्जीका लगानीकर्ताले १.८१ प्रतिशतले गुमाए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …