मकवानपुर। हेटौंडा उपमहानगरपालिका पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४२५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाल तरुण दल र नेपाली कांग्रेसको सयुक्त आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा पदमपोखरी बजार लगायतका स्थानीयहरू विभिन्न पार्टीबाट ४२५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रम हेटौंडा १३ का वडा सभापति चम्फुरत्न लामाको अदक्ष्यतामा भएको थियो ।
सभापति ईन्द्रबहादुर बानियाँले नवप्रवेशीलाई नेपाली कांगेसको सदस्यता प्रदान गरी स्वागत गर्दै नेकपा सरकार चरम भ्रष्टचारमा लिप्त रहेको र गरिव, मजदुर तथा किशानहरु विभिन्न किसिममा राहत प्याकेज ल्याए पनी सो राहतमा नेकपाका आसपासेले मात्र हालीमुली गरेको आरोप लगाउदै नव प्रवेशीहरुको योग्यता क्षमता र लगनशिलताको आधारमा पार्टीमा उचित मुल्याकन गरिने बताए ।
नेता बानियाँले नेपाली कांग्रेस जनताको दुख सुखको साथी भएको र जनचाहना बमोजिम संविधानसभाको निर्वाचन गरी जनतालाई संविधान दिलाएको स्मरण समेत गराएका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रवक्ता प्रदिप कोइराला, तरुणदल नगर सभापति सुनिल गिरी, नगर सभापति आनन्दराम पराजुली, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, सल्लाहकार उमा दाहाल, क्षेत्रीय सभापति तारानाथ चौलागाई, क्षेत्रीय सदस्य लक्ष्मी थिङ्ग लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा नेविसंघ मकवानपुर जिल्ला अध्यक्ष राजु खतिवडा, जिल्ला सचिव आनन्द कठायत, तरुणदल विभाग संयोजक एवं जिल्ला सदस्य अर्जुन तिवारी, क्षेत्रीय उपसभापति गणेशहरि उप्रेती, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु राजिव सुवेदी, भीमबहादुर भोम्जन, ईन्दिरा न्यौपाने, भीमसेन महत, सुनिल दाहाल, सुनिल अधिकारी, हेटौंडा उपमहानगर नगर कोषाध्यक्ष कविन सांगामी, कृष्ण थिङ्ग, तरुण जिल्ला सचिव सचित थापा लगायत समाजसेबी बुद्दिजीबी स्थानीय युवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …