तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा। नेपाल मार्सल आर्ट संघ हाप्कीदो स्याङ्जाको अध्यक्षमा कपिल न्यौपाने निर्वाचित भएका छन । हाप्किडोको स्याङ्जा जिल्लामा भएको पहिलो भेलाले न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

जसमा उपाध्यक्षमा नितेन रनपाल, सचिव मनोज खड्का र कोशाध्यक्षमा प्रतिष्ठा कार्की निर्वाचित भएका छन । कार्यक्रममा केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगर, महासचिव सुर्वण बिसी, लुम्बिनी प्रदेश अध्यक्ष सुवास परियार र स्याङ्जा जिल्लाका युवा नेता भरत गोदार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल मार्सल आर्ट संघ हाप्किडोका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले स्वस्थ जीवन र राष्ट्रिय पहिचान सहितको समृद्ध राष्ट्रका लागि खेलकुद क्षेत्रको विकास अनिवार्य भएको विचार व्यक्त गरेका थिए ।

मगरले खेलकुद क्षेत्रको विकासका लागि युवाहरुको युवाहरुको विशेष भुमिका रहेको बताउंदै र स्याङ्जामा मार्सल आर्ट हाप्कीदोको पहिलो भेला सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले स्याङ्जामा हाप्किडोको विकासका लागि संघको नेतृत्वको तर्फबाट आवश्यक अनुसार उल्लेखनीय भुमिका निर्वाह गर्ने प्रतिवद्द्ता व्यक्त गरे । हाप्किडोको भेला आज मंगलवार प्रदेश कमिटी उपाध्यक्ष तारामाया थापामगरको अध्यक्षतामा स्याङ्जा सदरमुकाममा सम्पन्न भएको हो ।

सदस्यहरुमा किरण खांण, पवनकाजी अधिकारी, अर्जुन सुवेदी, सहवीर थापा, युगचन्द्र भट्टराई, किरण श्रेष्ठ, सोमबहादुर खवास, भुवन थापा र सनम श्रेष्ठ रहेका छन ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …