तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

हेटौंडा -मकवानपुरमा २४ घण्टामा अहिलेसम्मकै धेरै  जनाका कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा आइसोलेसन वार्डका अनुसार मकवानपुर जिल्लामा २४ घण्टाभित्रमा ८०  जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौंडा–१० मा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ ७२ जनामा र चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबको सोमबार बिहान प्राप्त रिपोर्टअनुसार मकवानपुरको ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौंडामा गरिएको परीक्षणमा प्राप्त नतिजाअनुसार जिल्लामा फेला परेका ७२ जनामध्ये ६२ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । भदौ १९ गते संकलन गरिएको २७५ जनाको स्वाब परीक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण देखा परेको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेमा २ वर्षका बालकदेखि ७३ वर्षका वृद्धासमेत रहेका छन् । हेटौंडामा संक्रमित पुष्टि भएकामध्ये ४३ जना पुरुष र २९ जना महिला रहेका छन् । हेटौंडा उपमहानगरपालिकासँगै कैलाश गाउँपालिकाका ४ जना, मकवानपुर गढी गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिका क्षेत्रका ४ जना रहेका छन् ।

चितवनमा गरिएको पीसीआर परीक्षणबाट हेटौंडा–३ का २८ वर्षीय पुरूष, हेटौंडा–५ का २८, ३१ र ३३ वर्षीय पुरुष, हेटौंडा–८ का २६ वर्षीय पुरूष र ३२ वर्षीया महिला, मनहरी–६ की ८६ वर्षीया वृद्धा र बकैया–६ का ३३ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको केन्द्रका डा. नवीनकुमार चौधरीले जानकारी दिए । उनीहरुको भदौ १९ र २० गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …