तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आजभोलि हर्ट अट्याक कम उमेरका मानिसलाई पनि हुने गरेको छ । तर हर्ट अट्याक किन हुन्छ ? र यसको असर के हो भन्ने बारेमा आज पनि मानिस जानकार छैनन् ।

आउनुस् आज हामी हर्ट अट्याक हुनको कारण र यसले शरीरमा पर्ने असर बारे चर्चा गर्दै छाैं ।

कमजोर मुटु
मानिसको मुटु मजबूत कोशिकाहरुले बनेको हुन्छ । जसका कारण हाम्रो मुटु स्वस्थ रहन्छ तर आजभोलिको अस्वस्थ्य खानपिनका कारण कम उमेरमै यसमा समस्या आउने गरेको छ ।

ज्यादा धूम्रपान गर्ने मानिसलाई हार्ट अट्याकका खतरा ज्यादा हुन्छ भने कहिले काही यो वंशाणुगत कारणले पनि हुने गरेको छ ।

रक्त सञ्चारमा रूकावट
हाम्रो शरीरमा मटुको काम भनेको अक्सीजन, पोषक तत्व तथा रगतलाई पम्प गरेर शरीरको दोस्रो भागमा पु-याउने हो । तर बढ्दो उमेरका साथ साथ या खराब खानपान र जीवन शैलीका कारण मुटुमा पुग्ने रक्त प्रवाहरमा रूकावट हुन्छ जसका कारण हर्ट अट्याक कारण बन्छ ।

रगतको प्रवाह
जब हाम्रो शरीर को धमनिमामा रुवावट हुन्छ तव शरीरमा रक्त प्रवाह सुचार हुन सक्दै जसका कारण कायौं पटक हर्ट अट्याक हुन सक्छ । धमनिमा विभिन्न पदार्थहरु जम्मा हुन जाँदा रक्त सञ्चारमा रोकावट हुन्छ । जसका कारण दौडिदा मुटु धेरै धड्कन्छ वा पम्प गर्छ तर रक्तनलिमा रुकावट आउदा आवश्यकता अनुसारको रक्त प्रवाह हुन सक्दैन र हर्ट अट्याक हुन जान्छ ।

अक्सीजनको कमी
धमनि बन्द भएसँगै हाम्रो मुटुमा पर्याप्त मात्रामा रगत तथा अक्सीजन पुग्दैन जसका कारण तिव्र रुपमा धड्कन जान्छ र श्वास फेर्न समस्या आउँछ । जो हार्ट अट्याकको कारण बन्छ ।

दिमागमा समस्या
जब मुटुमा अक्सीजन को कमी हुन थाल्त तव मुटुले मस्तिष्कमा इमरजेन्सी सिग्नल पठाउँछ ।त्यसपछि मस्तिष्क यो इमरजेन्सी सिग्नल हड्डीमा पठाउँछ र मुटुमा अक्सीजन को कमी भएपछि शरीरको दोस्रो हिस्साको अक्सीजन सप्लाई कम गरिदिन्छ ।यस्तो स्थितिमा शरीर को दोस्रो हिस्सा जस्तै गर्दन, कान, काँध, पाखुरामा पीडा हुन्छ । भने टाउँको बीचमा चर्को दुखाइ हुन्छ, जो हर्ट अट्याकको संकेत हो ।

संकेतः दुखाइ
हर्ट अट्याकको पीडा झेल्नु मुटुको मजबूतीमा निर्भर हुन्छ । यही कारण जवानहरुले हर्ट अट्याकको पीडालाई सामान्य रुपमा झेल्ने गरेका छन् । यो पीडा केही क्षण मात्र हुन्छ भने कही अवस्थामा भने यो कयौं घण्टा सम्म पनि हुने गरेको छ ।

यस्तो स्थिति मा तुरुन्त डाक्टरसँग जाँच गराउन आवश्यक छ ताकि समय रहदै यसमा नियन्त्रण गर्न सकियोस् । समय रहदै सही उपचार न गर्नका कारण मुटुको मांसपेशिहरु विस्तारै विस्तारै निष्क्रिय हुदै जान्छ र अन्तिममा मुटुले काम गर्न बन्द गर्छ । यस्तो स्थितिमा केही मिनेटमा नै मस्तिष्कको कोशिका पनि काम गर्न छोड्छन् ।

अट्याकपछि के हुन्छ ?
हर्ट अट्याक पछि मुटुका केहि हिस्साले काम गर्न छोड्छन् जो फेरि ठिक हुने सम्भावना अत्यन्तै कम हुन्छ । जसका कारण हर्ट अट्या पछि जुन सुकै समयमा पनि ज्यान जान सक्छ ।

हार्ट अट्याकबाट कसरी बच्ने
हार्ट अट्याकको खतरा कम गर्नका लागि जरुरी छ खानपानमा नियन्त्रण, तथा जीवनशैलीमा परिवर्तन । यसका लागि धेरै मसलेदार खानमा नियन्त्रण आवश्यक छ । त्यस्तै नियमित रुपमा फलफुल, सलाद, हरियो साग सव्जीको प्रयोग आवश्यक छ । त्यस्तै नियमित रुपमा योग तथा व्यायाम जरुरी छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …