तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हरितालिका तिजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेका छन ।

हरितालिका तिज पर्वको अवसरमा मेरो व्यक्तिगत र नेपाली कांग्रेस पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।  हाम्रो देश अनेक धर्म , अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ । यी पर्व हाम्रा पहिचान हुन् , गौरव हुन् । हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन यी पर्वहरुले योगदान गर्दै आएको बताएका छन् । 

सबै खाले पर्वमा आपसी प्रेम , सद्भाव , विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्बित गर्दै आएको बताए   

तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । देश अहिले कोरोना भाइरस ( कोभिड -१ ९ ) को महामारीबाट आक्रान्त छ । यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राख्दै तीज मनाउन सबैलाई आग्रह गरेका छन । 

अतः यो पर्वले आजको दिनमा हाम्रो देश , समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस् , भनी सभापति देउवाले हृदयदेखि शुभकामना व्यक्त गरेका छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …