तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा ज्यान गुमाएका ९५ जना नेपालीका परिवारलाई राहत उपलब्ध गराइएको छ।

उनीहरु कार्यरत कम्पनीको तर्फबाट चार करोड ६४ लाख बराबरको राहत रकम उपलब्ध गराएको नेपाली दूतावास रियाद सायदी अरबले जनाएको छ।

दुतावासका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा सो देशका विभिन्न स्थानमा कार्यरत रहेको अवस्थामा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकको हकवालाले प्राप्त गर्न सक्ने गरी मृतकको सम्बन्धित कम्पनीले उनीहरुले बुझ्न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड मनी उपलब्ध गराएको छ। 

दूतावासका अनुसार साउदी रियाल १४ लाख ५४ हजार ६ सय ८७ नेपालस्थित कन्सुलर सेवा विभागमा बैंक ट्रान्सफर्मर गरिएको छ। दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई साउदी अरबमा ज्यान गुमाएका नेपाली नागरिकको हकवालाका तर्फबाट त्यहाँको विभिन्न अदालतमा गई दूतावासले बहस पैरवी गर्दै आएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। 

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको कारणले सिर्जना भएको असामान्य परिस्थितिका कारण त्यहाँको अदालतका काम कारवाही समेत पूर्ववत् सञ्चालन हुन नसकेको र अवस्था सामान्य हुनासाथ स्थगनमा रहेका अन्य मुद्दाको नियमित पैरवी गरिने दूतावासले जनाएको छ। 

दूतावासले औरही–३ सिरहका प्रदीपकुमार यादव र खोपीचौरु–८ रुकुमका ढाटे बुढाको परिवारलाई भने क्रमशः एक लाख ५० हजार ब्लड मनी उपलब्ध गराइएको जानकारी दिएको छ। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …