तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जाजरकोट गत असार २५ को बाढीपहिरोबाट प्रभावित बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएपछि प्रभावित क्षेत्रका बासिन्दालाई गुजारा चलाउन धौधौ भएको छ । घरमा अन्न सकिदा र बजारमा किन्न नपाउँदा विस्थापित परिवार भोकभोकै बस्न बाध्य भएका छन् । नयाँ बाली नपाक्दा, पुरानो अन्न सकिँदा र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको घाटस्थित डिपोमा चामल मौज्दात नहुँदा बारेकोटमा खाद्य अभाव भएको हो ।

‘स्थानीय पसलमा चामलको कुरै छाँडौं, चिउरा र चाउचाउ पनि पाइन छोडेको छ,’ बारेकोट–४, सार्कीटोलका करे सार्कीले भने, ‘११ दिनदेखि विस्थापित छौं, खाने अन्न केही छैन ।’ जिरी, सार्कीटोल, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट र कोट्लीलगायत गाउँमा खाद्यान्न अभाव देखिएको हो । बारेकोटका बासिन्दा गुजाराका लागि बर्सेनि बजार र खाद्य संस्थानको खाद्यान्नमा भर पर्छन् ।

यातायातको असुविधाले स्थानीय बजारमा पनि खाद्यान्न मौज्दात सकिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । ‘यहाँको उत्पादित अन्नले ३ देखि ६ महिना खान पनि मुस्किल पर्छ,’ उनले भने, ‘यो सिजनमा गाउँपालिकामा बर्सेनि खाद्यान्न अभाव हुन्छ, झन् यस वर्ष पहिरोले अधिकांश परिवार विस्थापित छन् ।’ वर्षौंदेखि भारत बस्दै आएका पनि बारेकोट फर्केपछि खाद्यको समस्या बल्झिएको उनले जनाए ।

बारेकोटका झन्डै २० हजार बासिन्दाका लागि स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको घाटस्थित खाद्य डिपोमा अहिले १० क्विन्टल चामल मात्र मौज्दात रहेको कम्पनीका प्रमुख धर्मबहादुर बस्नेतले बताए । उनका अनुसार त्यो चामल आपत्कालीन अवस्थाका लागि हो । बारेकोटका लागि कम्पनीले ३ हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो । तर अहिलेसम्म २ हजार ४ सय ४२ क्विन्टल मात्र ढुवानी भएको छ । ढुवानी भएको सबै चामल सकिसकेको छ । ढुवानीको जिम्मा लिएको एमबी बिल्डर्सले लकडाउनका कारण गाडी नचलेको निहुँ देखाउँदै पूरै चापल ल्याएको छैन । डिपोले असार पहिलो सातादेखि चामल वितरण रोकेको छ ।

नयाँ बाली पाक्न अझैं २ महिना लाग्ने भएकाले तत्काल खाद्यान्न ढुवानी गर्न डिपोलाई अनुरोध गरिएको अध्यक्ष शाहले बताए । डिपोमा खाद्य अभाव हुँदा स्थानीय बजारमा मोटो चामल ८० रुपैयाँ प्रतिकिलो किन्नुपर्ने बाध्यता भएको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताइन् । उनका अनुसार डिपोले उक्त चामल ५१ रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेको थियो । सदरमुकाम खलंगास्थित कम्पनीको गोदाममा अहिले २ हजार १ सय क्विन्टल खाद्यान्न मौज्दात छ । तर गाउँका डिपो रित्तै हुँदा अन्य पालिकामा पनि खाद्यान्न अभाव हुन थालेको छ ।

राहतको पर्खाइमा पीडित

विस्थापितले बारेकोटवासीले अहिलेसम्म राहत पाउन सकेका छैनन । पर्याप्त राहतको व्यवस्थापन गर्ने सामथ्र्य नभएको गाउँपालिकाले जनाएको छ । राहत दिन प्रदेश र संघीय सरकार गम्भीर नभएको गाउँपालिका अध्यक्ष शाहले आरोप लगाए । ‘राहत सामग्री आपूर्तिका लागि हवाईमार्गको विकल्प छैन,’ उनले भने, ‘माथिल्ला सरकारलाई अनुरोध गरिए पनि बेवास्ता भइरहेको छ । सडक सुविधा नभएकाले बारेकोटमा स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्ने अवस्था नभएको उनले गुनासो गरे ।

उनका अनुसार एकैपल्ट ठूलो संख्यामा विस्थापित भएपछि पीडितलाई चुहिने त्रिपालमुनि राख्नुपर्ने बाध्यता छ । ‘अहिलेसम्म कतैबाट सहयोग आएको छैन,’ उनले भने । हालसम्म रेडक्रसले ३ सय ७५ त्रिपाल र ३ सय ५० थान कम्मल उपलब्ध गराएको छ । बाढी–पहिरोले बारेकोटका ८ वडाका १ हजार ५५ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय, जंगलका खाली चौर, गोठलगायत स्थानमा राखिएको छ ।

अधिकांश गाउँबस्तीमा अहिले पनि पहिरो गइरहेको छ शाहले भने त्रिपालसमेत नहुँदा कोरोना संक्रमणको जोखिम भए पनि सबैलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यता छ ।’ विस्थापित बसेको स्थानमा शौचालय, शुद्ध खानेपानी र सरसफाइ लगायतको उचित व्यवस्थापन नहुँदा संक्रामक रोग फैलिने खतरा बढेको स्वास्थ्यकर्मी कमल शाहले बताए । गत असार २५ गते बारेकोट–४, सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको थियो । एक जना अझै बेपत्ता छन् । बेपत्ता फेला नपरेपछि खोजीका लागि गएको नेपाली सेनाको टोली सदरमुकाम फर्किसकेको छ । बारेकोट–६ को धुमाखोलाले बगाएर बेपत्ता भएका २ जना पनि अझैं फेला परेका छैनन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …