तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चार दिनअघि कोरोना सङ्क्रमणबाट मृत्यु भएका राजविराजका एक व्यापारीको परिवारका पाँच जनामा कोरोना सङ्क्रमण पाइएको छ ।

राजविराज-६ निवासी ७३ वर्षीय प्रतिष्ठित व्यापारीको बिहीबार मृत्यु भएको थियो । उहाँको सम्पर्कमा आएको श्रीमती, छोरा, बुहारी, नाति नातिनीसहित परिवारका पाँच जना सदस्यमा स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

दास परिवारका ६७, ३६ र ११ वर्षकी तीन महिला र १७ र ४५ वर्षको दुई पुरुष गरी पाँच जना पारिवारिक सदस्यमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतक परिवारका पाँच र घरको एक कामदार गरी छ जनाको रिपोर्टमा कामदारबाहेक परिवारका सबै सदस्यहरूमा कोरोना पाइएको उहाँले बताउनुभयो, उहाँको प्रत्यक्ष सम्पर्कमा आएका परिवारका सदस्य, छ जना स्टाफसहित २९ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिएको थियो । छ जनाको रिपोर्ट आएको छ । अरुको रिपोर्ट आउन बाँकी रहेको छ ।

भारत दिल्ली र बिहारको दरभङ्गाबाट आफूसहित श्रीमतीको उपचार गराएर १३ दिनअघि घर फर्किएका मधुमेह, मुटु र प्रोस्टेटका बिरामी दासको बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि उहाँको घरमा सीधा आवतजावत र सम्पर्कमा रोक लगाइएको छ ।

राजविराजका ती व्यापारीको पसलमा आउने ग्राहक/उपभोक्तासम्म कोरोना सङ्क्रमण फैलिएको हुन सकिने आशङ्का बढेको छ । जिल्लाको उद्योग व्यवसायी, जातीय सङ्गठनका प्रमुख व्यक्तित्वहरू समेत सीधा सम्पर्कमा आएको हुनसक्ने अनुमान गरिएको छ । परिवारका सबै सदस्यमा कोरोना पाइएपछि दासको यात्रा वृतान्त, कन्ट्याक्ट ट्रेसिङ कार्य सक्रियतासाथ अगाडि बढाइने स्वास्थ्यका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।
सप्तरीमा थप ३२ जनामा कोरोना, सङ्क्रमित सङ्ख्या ३७६ पुग्यो ।

सप्तरीमा आइतबार मृतक परिवारका पाँच जनासहित ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सङ्क्रमित सङ्ख्या ३७६ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिकामा तीन, खडक नगरपालिकामा छ, सुरुङ्गा नगरपालिकामा सात, बलानबिहुल गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकामा पाँच/पाँच र हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक जना आइतबार नयाँ सङ्क्रमित थप भएको स्वास्थ्य कार्यालयका शर्मिला चौधरीले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गरिएको बताइएको छ ।

थपिएका सङ्क्रमितहरूमा सात महिला र २५ जना पुरुष रहेका छन । उनीहरू सात वर्षमाथिदेखि ६७ वर्षमुनि उमेर समूहका रहेको बताइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …