तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल विद्युत् प्राधिकरणबाट जारी बिल ,कर्मचारीका ब्यवहार ,शुल्क निर्धारण प्रक्रिया आदिका विषयलाई लिएर सर्वसाधारणका गुनासै -गुनासा आउन थालेका छन् । कतिपयले फेसबुक लगायतका सामाजिक सन्जालमार्फत दुखेसो पोखेको पनि देखिन थालेको छ।

नेपाल विद्युत् प्राधिकरणबाट उपभोक्ताले विद्युत खपत गरेवापतको जारी हुने मिटर रिडिङ बिल र महशुल बुझाएको बिलको भाषा अधिकांशले बुझ्नै नसकेको गुनासो छ। बिलको भाषा अंग्रेजीमा हुँदा सामान्य लेखपढ गर्न मात्र जान्नेका लागि समस्या हुनु त स्वाभाविक नै छ तर कतिपय शिक्षितले समेत प्राविधिक शब्द र बिलको ढाँचाका कारण आफूहरू अन्योलमा परेको बताएका छन् ।

प्राधिकरणबाट मिटर रिडिङ हुने समयमा पनि एकरुपता देखिदैन ।कतिपय जिल्लामा मासिकरूपमा मिटर रिडिङ हुने र कतिपयमा त्रैमासिक रूपमा हुने गरेको देखिन्छ ।अर्को तर्फ मिटर रिडरले रिडिङ बिल मिटर बक्स आसपासमा वा घरको ढोका आदिमा मिल्क्याएर हिड्ने चलनप्रति पनि धेरैको दुखेसो पाइन्छ । त्यसरी फ्याकिएको बिल उपभोक्ताले नदेख्ने ,विल हावाले उडाएर लैजाने र बिल भुक्तानी समय गुज्रेर हर्जाना तिर्नुपर्दा आफूहरू थप मारमा परेको कुरा समेत बताएका छन् ।

स्याङ्जामा त्रैमासिक रूपमा मिटर रिडिङ हुने गरेको र रिडिङ विलमा पहिलो तीन महिनामा गरिएको खपतका आधारमा उपभोग गर्न बाँकी नै रहेको २ महिनाको महशुल अग्रिम तिर्नु पर्ने र रिडिङ गरेको मितिले तोकिएको अवधिभित्र रकम नतिर्दा उपभोग नगरेको उर्जा वापतको समेत हर्जाना तिर्नु परेको जनगुनासो पाइयो ।

पोखरामा मासिक रूपमा रिडिङ हुने गरेको तर सर्भिस चार्जका नाममा एक सय पच्चीस रुपैयाँ लिने गरेको र उक्त चार्ज बढी भएको गुनासो पाइन्छ । समान मात्रामा विद्युत् उपभोग गर्नेको बिलको रकममा अप्त्यारिला अन्तर देखिएको कसैको सोचेभन्दा धेरै बढी र कसैको कम भन्ने भनाइहरु पनि सुनिएका छन् ।विद्युत् कार्यालयमा खबर गर्दा पनि कर्मचारी संवेदनशील नबनेको भन्दै एक उपभोक्ताले त आफ्नो नाम नखुलाउने शर्तमा “यो प्राधिकरण होइन अपराधीकरण (अपराध गर्ने ) रहेछ” भन्दै रोष प्रकट गरे ।

विगतका वर्षहरुमा नेपालको विद्युत् उत्पादन ,वितरण र ब्यवस्थापनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् । त्यसैको परिणामस्वरूप देश अहिले लोडसेडिङ मुक्त भएको छ। विद्युत् महसुल कम गरी १० युनिटसम्म खपत गर्नेलाई निशुल्क गराउने र समग्रमा विद्युत् महशुल कम गराई विद्युत् खपत बढाउने योजना पनि अगाडि बढेको देखिन्छ । यस्ता सराहनीय कदम हुँदै गर्दा आम उपभोक्ताले खेप्नुपरेको उपर्युक्त्त समस्याप्रति पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।

उपभोक्ताहरुका गुनासा हेर्नुहोस :

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …