तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल

गुरुको अर्थ अन्धकारबाट उज्यालो तर्फ भन्ने बुझिन्छ भने पुरै प्रकाशित भएको चन्द्रमालाई पूर्णिमा भनिन्छ। यसैले आषाढ महिनाकाे शुक्ल पूर्णिमा तीथिलाई अंँध्यारोबाट उज्यालोतर्फ लैजाने गुरु पूर्णिमाको दिनको रुपमा प्राचीन कालदेखि हामीले मनाउंँदै आएका छौं । पूर्ण प्रकाशित चन्द्रमाले पृथ्वीमा रहेका सबै जीव तथा वनस्पतिलाई शुक्लपक्षको रातमा शीतल र अमृतमय उज्यालो प्रदान गरेजस्तै सद्गुरुले पनि समाजमा सितलो प्रेम र अमृतमय ज्ञानको रेणु छरिरहेका हुन्छन । यस्तैे सद् गुरुबाट प्राप्त हुने प्रशीक्षणको सहाराले शिष्यको आत्मा पनि पूर्ण प्रकाशित भई शिष्यको जीवन सफल हुने र उनले पनि चन्द्रमाले जस्तै समाजमा ज्ञानको उज्यालो र शीतलता प्रदान गर्ने विश्वास गरिन्छ, यो नै गुरु -शिष्य परम्पराको आस्था र विश्वास हो ।

पूर्वकालमा हामीकहांँ छोराछोरी ६।७वर्ष भएपछि गरुुकूलमा राखिन्थ्यो जहांँ आवश्यक सबै शिक्षा एउटै छानामुनिबाट प्रदान गरिन्थ्यो तर अहिलेका वालवालिकाको शिक्षाको लागि विभिन्न पद्दतिहरु संचालनमा रहेको छ । जे जस्तो व्यवस्था भएता पनि घर पहिलो पाठशाला र वावुआमा पहिलो गुरु हुन् ।उनीहरुलाई मायाँ गरेर बोल्न, खान ,साँचो बोल्न सिकाउने, वस्तुको परिचय गराउने, निराशा हुने कुरा नगर्ने, सरसफाई, सरसामानको जतन गर्ने जस्ता आधारभूत कुरा सिकाईयो भने वालकको शारीरिक र मानसिक विकास सकारात्मक हिसावले अगाडि वढ्दछ । दोस्रो गुरु विद्यालयका शिक्षक शिक्षिकाहरु हुन् जसले विद्यार्थीको औपचारिक शिक्षा दिनुका साथै अन्तर्निहित प्रतिभालाई उजागर गरी उनीहरुको ज्ञान सीप विज्ञान कला, अन्वेषण गर्ने क्षमता प्रदान गर्दछन, यसले उनीहरुको जीवन सम्पन्न र सुखी हुने विश्वास गरिन्छ । आजको प्रतिस्पर्धी समाजमा अध्ययनको अवसरबाट वन्चितहरुलाई ‘समस्या हुने नै भयो तर पुँजी विज्ञान र कलाको माध्यमबाट सुविधा सम्पन्न भएका मानिसहरु समेत आत्मिक रुपबाट सन्तुष्ट रहन सकेको देखिंँदैनन् ।

परापूर्वकालका गुरुकुलका ऋषिहरुले जानेका थिएकी हरेक मानिसलाई आनन्दको चाहना हुन्छ , भौतिक साधनकोे माध्यमवाट क्षणभरको आनन्द पाएपनि त्यसवापत अर्को दुःख थपिइसकेको हुन्छ यसैले जीवनयापनको लागि आवश्यक पर्ने ज्ञान सीप इलमको अतिरिक्त आत्माको बारेमा, जीवनको महत्त्वकाबारेमा, आनन्द, मनको स्वभाव र यसको अनुगमन, मानिस, श्रृष्टि, प्रेम, व्रम्हको बारेमा विद्यार्थीलाई प्रशिक्षित गर्दथे र यसको अभिप्सा जगाउने गर्दथे । आत्मा, जीवन र जगतकोबा?रेमा चिन्तन गर्न थालेपछि भौतिक सुख भोगले मात्र मानिस सन्तुष्ट हुनै सक्दैन तसर्थ उनीहरुमा ज्ञान प्राप्तीको चासो वढ्न थाल्यो जसले गर्दा पदार्थ भोग, जीवन धान्ने साधन मात्र हो भन्ने अर्थमा लिन थाले । यस खालको प्रशिक्षणले भौतिक तथा आध्यात्मिक आवश्यकताको सामान्जस्य गरी जीवन संचालन गर्ने कला आर्जन हुन सक्यो र विध्यार्थीमा दया, क्षमा, निष्पक्षता विनयशीलता गुणहरु स्वतः आउन थाल्योे । मनमा वरावर आईरहने क्रोध,लोभ,द्वेस घृणालाइ दवाउन भन्दा यसको प्रकृतिलाई वुझ्ने अभ्यास गरे र थाहा पाएकी मनले मित्थ्या काल्पनिक तर्क र चलखेलको आधारमा निर्धारण गरेको मान्यतालाई आधार वनाएर मानिस सुखी र दुखी छ जो सत्य होइन । जति मनवाट भित्र यात्रा अगाडि वढ्दै गयो उति जीवन आनन्द र विधायक हुन थाल्यो यसवाट उनीहरु जीवनलाई दुःख होइन अपुर्व अवसर र आनन्दको यात्राको रुपमा लिंदै जीवन सुख पुर्वक विताउन सफल हुने गर्दथे ।

चित्त शुद्दिको अभ्यासमा नलाग्ने विषयी मानिसहरुको मनमा कहिल्यै पुरा नहुने अतृप्त इच्छाको जलन र ,छटपट छिपेर वसीरहेको हुन्छ जव अनुकुल मौका आउद छ तव यो सक्रिय हुन थाल्द छ, तव हामी भन्छौनी हैन वँहा त तेस्तो मानिस होइन यस्तो गल्ति कसरी गर्नु भयो होला ? समाजमा देखिने हिंसा,वलत्कार, अनाचार,पक्षपात, भ्रष्टाचार यही अतृप्त मनोदशाका समष्टिगत परिणामहरु हुन । कोही भाग्यमानी मानिसहरु मनभित्रको कलुषिततालाई जवर्जस्ति मनको तहमानै दवाएर गल्ती र अर्धेलो गर्नवाट वच्नुहुन्छ र कतिपय भाग्यमानीहरु जन्मदै राम्रा गुण लिएर आएका पनि हुन्छन जसलाई यस्तो आरोप लगाउन मिल्दैन तर चित्त सुद्दि नहुन्जेल सम्म वाटो विराउन र आफ्नो मार्गवाट पतन हुन सक्ने सम्भावना रहि रहन्छ । यसलाई यसरी पनि वुझ्रन सकिन्छ, चित्त शुद्दि भएको मानिस र शुद्दिको अभ्यास नगर्नेलाई विरामी भन्दा पनि हुन्छ, विरामी मानीसले जतिवोला पनि उप्रदव गर्न सकछ । आत्म चिन्तनमा लागेका मानिसलाई स्वस्थ्य मानिने र सन्सारको पीरलो लिनेलाई विरामी मान्ने चलन भएरनै होला हामी आफन्तहरुको भेटमा सोध्ने गर्छौनि सन्चै हुनुहुन्छ ? तसर्थ जसले अन्तरमनवाट विषय वा पदार्थलाई कामचलाउने साधन मात्र ठान्दछ तव मात्र उ स्वस्थ्य रहन्छ उसमा भेदभाव पक्ष विपक्षको लेस रहदैन उसमा अहंको दम्भ, लोभ रहदैन र उ सरल,विनयी,हर समय खुसी रहन्छ । ऊ फक्रेको फुल जस्तै हलुङ्रगो हुन्छ, ऊ आँफै सितलहुन्छ जसले अरुलाई पनि छहारी प्रदान गर्दछ र उसको जतिवेला पनि भर पर्न सकिन्छ ।

मानिसहरु केवल अजिविकाको व्यवस्थापनमा मात्र लाग्दा माथी भनिएझै, सायद मत्स्य न्याय हुनसक्ने र मानिसहरु मिथ्या सान्सारिक वोझले थिचिएर महत्वपुर्ण मानव जीवनमा प्राप्त हुने ज्ञान आनन्दवाट वन्चित हुने देखेरनै हाम्रा ऋषि महर्षिहरुले मानिसहरुलाई भौतिक तथा आत्मिक दुवै हिसावले परिपुर्ण गर्ने सन्सारको परिकल्पना गरेको थिए । हिन्दु धर्मग्रन्थहरुमा उल्लेख भएअनुसार महर्षि वेदव्यासको जन्म आषढ पुर्णिमाको दिनमा भएको र वँहालेनै वेदको विभाजन, पुराण तथा वैदिक शुत्रहरुको रचना गरी श्रृष्टिको रहस्य, मानिसको कर्म तथा कर्तब्य, जीबन सचालनको कला, आनन्द प्राप्तीको साधनको बिध्या अथबा धर्म अर्थ काम मोक्ष को सम्पुर्ण ज्ञान प्रदान गर्नु भएको पाइन्छ तेसै भएर आषाढ शुक्ल पुर्णिमाको दिनमा वेदव्यासलाई गुरुको रुपमा पुजा गर्ने परम्परा चली आएको हो । यस दिनमा आफना गुरुको पुजा गरी दान गरेमा राम्रो फल प्राप्त हुने विश्वास गरिन्छ । भनिन्छ भगबान शंकरले सप्तऋिषिहरुलाई योगको शिक्षा यसै दिनमा दिनुभएको र आजकै दिनमा भगबान बुद्दले पनि बनारसको सारनाथमा शिस्यहरुलाई पहिलो पटक दिक्षा दिन सुर गर्नु भएको थियो ।

गुरु शिष्यको परम्परा मानिसहरुको ज्ञान सीप कला सुख आनन्द प्राप्तिको लागि भएको भएता पनि कुनै समुदायमा हाल यसलाई कर्मकाण्डी वनाउने गरिएको छ त कतै यसको महत्वनै वुझेको देखिदैन, जे होस सवै मानिसको भित्र अनेक प्रतिभा, सार्वभौम शर्तरहित प्रेम र आनन्दको सम्भावना छिपेको छ, सवै यसका अधिकारी र हकदार हुन्, असल गुरुको संगत र आफनो पुरुषार्थले यसलाई जगाउन सकिन्छ । आध्यात्मिक ज्ञान प्राप्तिको लागि अहिले धेरै गुरुहरु, ध्यान तथा प्रवचन केन्द्रहरु स्थापित भएका छन वँहाहरुवाट सहयोग लिन सकिन्छ र यस्तो अनुकुल नभएमा कतिपय पुस्तक अडियो भिडियो हरुलाई गुरु मानेर स्वअध्यायनवाट पनि आफ्रर्नो अन्तरयात्रालाई अगाडि वढाउन सकिन्छ । गुरु पुर्णिमाको यस पुनित अवसरमा सवै जिज्ञासुहरुलाई आत्मिक आनन्दको लाभलिने अवसरहरु प्राप्त होस हार्दिक शुभकामना र सवै सदगुरुहरुमा सादर प्रणाम गर्दछु , धन्यवाद ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …