तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ, असार ११ गते । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५÷७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी चार अर्ब ४५ करोड पु¥याएको छ । कोषले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाएको वार्षिक प्रतिवेदनअनुसार कुल आम्दानीमा तीन अर्ब २५ करोड अर्थात् १२.१७ प्रतिशतले वृद्धि भएर २९ अर्ब ९६ करोड पुगेको हो । यसैगरी कोषको कुल वित्तीय स्रोतमा ३० अर्ब ३९ करोड अर्थात् ९.७४ प्रतिशतले वृद्धि भएर तीन खर्ब ४२ अर्ब ४० करोड पुगेको छ ।

कोषको सञ्चित सञ्चय कोष रकम ३१ अर्ब १० करोडले वृद्धि भई तीन खर्ब नौ अर्ब ८५ करोड पुगेको छ । कर्जा तथा लगानी रकम २६ अर्ब ५० करोडले वृद्धि गरेर तीन खर्ब ३५ अर्ब २५ करोड पु¥याएको कोषले कुल आम्दानी रकमलाई पनि तीन अर्ब २५ करोडले वृद्धि गरी २९ अर्ब ९६ करोड पु¥याएको छ ।

कोषले क्षेत्रगत लगानीतर्फ पनि सञ्चयकर्ता सापटी रकम एक खर्ब ८१ अर्ब, बैङ्कको मुद्दती निक्षेप ७८ अर्ब ७९ करोड, परियोजना कर्जा ५२ अर्ब १९ करोड, सेयरमा लगानी २२ अर्ब ४४ करोड, सरकारी सुरक्षणपत्र ५३ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । कोषले कर्मचारी सञ्चय कोष ऐन २०१९ ले गरेको व्यवस्थाअनुरूप नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने आफ्नो वर्षभरिको कामकाजको वार्षिक प्रतिवेदन अर्थमन्त्री डा. खतिवडासमक्ष पेस गरेको हो ।

कोषले आर्थिक वर्ष २०७५÷७६(२०७५ साउन १ देखि २०७६ असार मसान्तसम्म) सम्पादन गरेका कार्य, वि. सं. १९९० देखि २०७६ सालसम्मको कोषको विकासक्रमको झलक, कोषको आन्तरिक तथा बाह्य पक्षको विश्लेषण, कोषको २०७५÷७६ को मुख्य कारोबार, सञ्चयकर्तालाई प्रदान गरिएका सेवा तथा सुविधा, वित्तीय विश्लेषण, आर्थिक वर्ष २०७५÷७६ मा भएका प्रमुख गतिविधि, कोषको भावी योजना र कोषको लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण समावेश भएको सञ्चालक समितिबाट स्वीकृत वार्षिक प्रतिवेदन कोष सञ्चालक समितिका अध्यक्ष एवं अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीबाट अर्थमन्त्रीसमक्ष पेस गरिएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …