तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तम्घास गुल्मीमा पहिरोमा गुडिरहेको जीप पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका वडा नं ३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो । पहिरोमा परी हाडहाडेका अन्दाजी १८ वर्षका तुलसीराम काउछाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

पहिरोमा परी सोही स्थानकै जीप चालक अन्दाजी २० वर्षका प्रदीप पुन र २५ वर्षका रमेश राना गम्भीर घाइते भएका छन । घाइतेहरूको उपचारका लागि अर्घाखाँची पठाइएको प्रहरीले जनाएको छ ।

जीपमा सवार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उनीहरूलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …