अर्घाखाँची । अर्घाखाँचीको मालारानी ३ खनदहमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेकपा पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
सत्तारुट दल नेकपा नेतृत्वको दुई तिहाईको सरकार पार्टीको आन्तरिक किचलोमा रुमल्लिरहेको र केन्द्र देखी स्थानिय तह सम्म भस्टचारमा लिप्त भएको भन्दै निर्वाचित वडा सदस्य सहित ४६ जनाले नेकपा पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।
प्रबेश गर्नेमा तत्कालिन एमालेबाट निर्वाचित वडा सदस्य सुमित्रा बिक सहितका ४६ जना शनिवार एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
दुईतिहाईको सरकार बनेपछि देशमा स्थायित्व र विकाससँगै आन्तरिक रोजगारको अवसर सिर्जना हुनेमा विश्वस्त भएका जनता नेताहरुको एकपछि अर्को भ्रष्टाचार काण्ड तथा नाताबाद कृपाबादमा मुछिंदा छाँगाबाट खसेजस्तै भएर आफैले दिएको मतलाई धिक्कार्न पुगेको नव प्रवेश गर्नेहरुको गुनासो रहेको छ ।
पार्टी प्रवेशीहरुलाई नेपाली कांग्रेसका सभापति बिष्णु खनाल मुस्कानले स्वागत गरेका थिए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …