सिन्धुपाल्चोक । सिन्धुपाल्चोक मेलम्ची नगर समिति अध्यक्ष किरणदिप खड्कालगायत १ हजार बढी नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
शनिबार नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ द्वारा मेलम्चीमा आयोजना गरेको नेपाली कांग्रेसको आमसभामा अध्यक्ष खड्कालगायत १ हजार बढी नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
नवप्रबेशीहरु जिल्ला नेता गणेश विक्रम सिलवाल, मेलम्ची १० नेकपाका सक्रिय कार्यकर्ता गणेश तामाङ, राप्रपाको वडा इकाइ समितिका अध्यक्ष इन्द्रराज खड्कासहित सिंगो वडासमिति लगायत १ हजार बढी नेता तथा कार्यकर्ता हरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री गगन थापा , केन्द्रीय सदस्य विष्णुविक्रम थापा र पार्टी सभापति विकास लामाले स्वागत गरेका छन ।
सभालाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको बताउदै प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका छन् ।
नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । अदालतमा बिचाराधिन अवस्थामा रहेको प्रतिनिधिसभा बिघटन मुद्दामा पुनःस्थापना हुने विश्वास गरेका छन ।
कार्यक्रममा बिशेष अथितिको आसनबाट बोल्दै नेपाली कांग्रेसका युवा नेता गगन थापाले निर्वाचन नेपाली कांग्रेसका लागि कुनै ठूलो विषय नरहेको र प्रतिनिधि सभा बिघटन असंवैधानिक मात्रा होइन प्रतिगामी कदम भएको बताएका छन ।
नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी नेपाली नागरिकको हक अधिकारको हनन गरेर अपमानित ढंगले दिएको अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेका छन् । आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ । उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद भएको बताएका छन ।
सभालाई केन्द्रीय सदस्य विष्णुविक्रम थापा, जिल्ला सभापति विकास लामा, प्रदेश सांसद निमा लामा, क्षेत्रिय सभापति आइतमान तामाङ,इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, महासमिती सदस्य कृष्ण न्यौपाने, प्रदेश सभा प्रत्यासी बिकास तामाङ, जिपी फाउण्डेशन प्रदेश संयोजक रिता खनाल, महिला संघ जिल्ला सभापती गिता नेपाल, तरुणदल अध्यक्ष दोर्जे लामा,नेबिसंघ महामन्त्री द्वय बलदेव तिमल्सिना र दिपक भट्टराई, जिल्ला अध्यक्ष दावा लामा लगायतले सम्बोधन गरेका थिए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …