तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका ७ तोजिङमा नेपाली  काँग्रेसले आयोजना गरेको पार्टी सुदृढिकरण साथै संगठन विस्तार कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता सोनामग्याल्जेन शेर्पाको सक्रियतामा १७३ जना नेकपाका स्थानिय नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

सोलुदूधकुण्ड नगरपालिका ७ का पार्टी सभापति शम्भु कार्कीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी  नेपाली काँग्रेस सोलखुम्बुका पुर्व पार्टी सभापती आङगेलु शेर्पाले नव प्रबेसीहरुलाई स्वागत गरेका थिए।

आयोजित कार्यक्रममा प्रमुख अथितिको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व पार्टी सभापती शेर्पाले जनताको आशा रहेको पार्टी नेपाली काँग्रेसले  वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेको प्रती घोर आपत्ति जनाउदै भ्रष्ट सरकार बिरुद्ध मैदानमा उत्रिन सबैलाई आग्रह गर्नुभयो ।

सभापती शेर्पाले नेपाल कम्युनिस्ट पार्टीले सत्ताको दुरुपयोग र लोकतन्त्रको खिल्ल्ली उढाएको आरोप लगाउदै जनताको भावना र बिश्वास माथी खेलबाड गरेको बताएका छन्। सत्ता र कार्यकर्ता जोगाउन प्रशासन र अदालत समेतको आखाबाट गल्ती ढाकछोप गरेको साथै सत्ताको आडमा रहेर विभिन्न माध्यमद्वारा नेपाली जनतालाई भ्रममा पारिरहेको मनपरि तन्त्र अपनाइ रहेको बताए ।

नवप्रबेसिहरुले सत्तारुढ दल नेपाल कम्युनिस्ट सरकार फुटको संघारले जनताका लागि ठुलो धोका भएको र नेकपाले आफ्नो पार्टीका आसेपासेलाई मात्र स्थान दिने, भस्टचार गर्ने जस्ता विभिन्न किसिममा अपराधिक व्यक्तिलाई सम्रक्षण गरेको आरोप लगाउदै कांग्रेसमा प्रबेश गरेका छन् ।

कार्यक्रममा स्थानिय काँग्रेस नेताहरु क्रमश छोङ्बा लामा शेर्पा, धर्म नेपाली, गान्धीमाया तामाङ, शारदामाया तामाङ, वीरबहादुर गुरुङलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …