तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछाने मलेसिया भ्रमणमा आउनु भएको छ। सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहोरालाई लिएर रास्वपा सभापति लामिछाने मलेसिया भ्रमणमा आज आइतबार बिहान मलेसिया आउनु भएको हो ।

मलेसिया आएको लामिछानेलाई नेपाली राजदुतावासको तर्फबाट दूतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य र द्वितीय सचिव प्रेम बहादुर बुढाथापा लगायत पार्टीका प्रदेश विभागका संयोजक नेत्र केसीको टोलीले मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलमा पुगि खादा लाएर स्वागत गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुनका लागि लामिछाने तीनदिनका लागि मलेसिया भ्रमणमा आउनु भएको पार्टी प्रदेश विभाग मलेसियाका सभापति कार्यक्रमको संयोजक नेत्र केसीले जानकारी दिए। आइतबार मलेसिया आईपुगेका लामिछाने यहाँ रहेका नेपालीसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

केसीका अनुसार आज आइतबार मलेसियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ। त्यस्तै, सोमबार मलेसियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …